arrow

एक सय दश वर्ष पुरानो कपासको बोटमा लाइब्रेरी 

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
library1.jpg

काठमाडौं । अमेरिकामा एक सय १० वर्ष पुरानो कपासको बोटलाई लाइब्रेरी बनाइएको छ । इडाहोमा बस्दै आएकी एक महिला शार्ली आर्मिटेज होवार्डले घर बाहिर एक सय १० वर्ष पुरानो कपासको बोटलाई लाइब्रेरीमा बदलेकी हुन् । 

४२ वर्षीया हवार्डको कामलाई लिएर सामाजिक संजालमा खुवै प्रशंसा भएको छ । 

यो तस्वीर एक लाख पटकभन्दा बढी सामाजिक संजालमा सेयर भएको छ । 

यसरी लाइब्रेरी बनाउन ओवार्डलाई केही महिना लागेको थियो । यो लाइब्रेरीबाट होवार्डले पुस्तकसमेत निःशुल्क दिने गरेकी छिन् । 

पुरानो यो रुख मृतप्रायः भइसकेको थियो । यही रुखबाट होवार्डका छोराको कार दुर्घटनामा परेको थियो । स्थानीय लाइब्रेरीमा काम गर्ने होवार्डले हजारौं खर्च गरिदिएको त्यही रुखलाई प्रयोगमा ल्याएकी हुन् । 

रुखलाई नयाँ जिन्दगी दिने क्रममा उनले लाइब्रेरी बनाएकी हुन् । त्यसअघि उनले मानिसहरुलाई विचार पनि लिएकी थिइन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ