arrow

सूर्यको उत्पत्तिदेखि अन्त्यसम्म, खगोल शास्त्र के भन्छ, वैदिक शास्त्र के ?

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
sun-and-earth-780x405.jpg

काठमाडौं । सूर्यको पूरापुर कहानीको बारेमा हरेक मानिस जान्न चाहन्छ । यस्तो कोही पनि व्यक्ति छैन कि जो अन्तरिक्षको बारेमा जान्न नचाहोस् । जिज्ञासा राख्नु मानव स्वभाव हो भने उत्सुकता नै हाम्रो पहिचान हो । 

हामी सबैलाई बालापनदेखि नै रहस्यमयी कुराहरुको बारेमा जानाकारी लिन इच्छा हुन्छ । बालापनमा हाम्रा पूर्खाहरुले सुनाएका लोक कथा र कहानीहरुले नै हामीहरुमा नयाँ जिज्ञासा उत्पन्न गराउँदै आएको हुन्छ । विस्तारै जीवन परिपक्व बन्दै जाँदा ती कहानीहरुको हामीले बैज्ञानिक आधारहरु खोज्न थाल्दछौं । त्यो नै हो हाम्रो जिज्ञासाको साक्षी । हामीलाई जिज्ञासु बनाउने र नयाँ कौतुहलताले व्याकुल बनाउने शक्ति सबैभन्दा बढी अन्तरिक्षमा छ । 

हाम्रा सौर मण्डल आश्चर्यहरुले भरिएको छ । काहिँ प्रकाशको ज्वाला छ, त काहिँ अन्धकारको छायाँ | काहिँ शरीरलाई जमाउने ठण्डी छ त काहिँ लाखौं अग्निकुण्डको भन्दा ठूलो राप । र्इश्वरीय शक्तिले यस्तो जादू गरेर ब्रह्माण्डलाई सजाएको छ कि यसको सबै विशेषताहरु हाम्रालागि आवश्यक र सुन्दर लाग्दछ । 

त्यसैले कुनैपनि मानिस अन्तरिक्षलाई अन्तरमनले देखेर त्यसैको स्मृतिमा हराउन मन पराउँछन् । जसरी हाम्रो शरीरलाई आत्माले पूर्णता दिन्छ । त्यसरी नै सौर मण्डललाई सूर्यले पूर्ण गराएको हुन्छ । हामी सूर्यको गरिमा र यसको बारेमा विस्तृत विवरण पेश गर्ने तयारीमा छौं । solar nebula

सूर्यको पूरा कहानीको महिमा:-
यहाँ अर्को एउटा कुरा गौरब गर्न सक्नेवाला छ कि सूर्यको भूमिका सौर मण्डलमा कस्तो छ । सौर मण्डलमा ‘सौर’ जो शब्द छ, यो सूर्यलाई पहिचान दिनेवाला शब्द हो । जसरी नेपालको पहिचानमा हामी सगरमाथा र गौतमबुद्धको देशको रुपमा चिनाउँछौं । त्यसरी नै त्यसैगरी सौर मण्डलको एउटै मात्रै पहिचान हो सूर्य । हर एक शक्तिको स्रोत हो सूर्य | जीवनको मूल ऊर्जा हो सूर्य |

सूर्यलाई हिन्दू संस्कार अनुसार हामी पुज्ने गर्दछौं । यसलाई हामी देवता समेत मान्ने गर्दछौं । यसको महिमा अपरम्पार छ । पुराणहरुमा सूर्य देवलाई सृष्टिको मूल सार समेत मान्ने गरिएको छ । हिन्दू धर्ममा सूर्य देवलाई अलग रुपमा पूजा समेत गर्ने गरिन्छ । यसको तेजले धरतीमा जीवन चलिरहेको छ । फुलिरहेको छ । 

हाम्रो शरीरमा सूर्यबाट भिटामिन डी को प्राप्ति हुन्छ । भिटामिन डी ले हाम्रो हड्डीहरुलाई बलियो र मजबुत बनाउनको लागि एकदमै लाभदायक हुन्छ । यसका अलावा रुख विरुवाको लागि समेत सूर्यको किरणकै प्रभावबाट फोटोस्यान्थेसिसको माध्यमबाट फल बन्दछ । सूर्यको पूरापुर कहानीलाई हामीले राम्रोसँग विश्लेषण गर्यौं भने त्यो झनै रोचक बन्ने छ । 

खगोल शास्त्रका हिसाबले सूर्यको कहानी 
खगोल शास्त्रमा सूर्यलाई नक्षत्र मानिएको छ । सरल भाषामा यसलाई हामी नक्षत्र वा तारा पनि भन्ने गर्दछौं । पुरै ब्रह्माण्डमा सूर्य भित्रै पनि कैयौं खरब नक्षत्रहरु रहेका छन् । हामी खुल्ला आँखाले जुन आकाशलाई रातमा देख्दछौं । त्यो अन्तरिक्षको केवल ४ प्रतिशत मात्रै हो । सूर्यका अलावा पृथ्वीको नजिक रहेको अर्को तारा वा नक्षत्रको नाम हो । अल्फा सेन्चुरी (Alpha Century) |

अल्फा सेन्चुरीलाई यदि राम्रो तरिकाले देख्ने हो भने पत्ता लाग्छ कि यो एउटा सारा ताराहरुको एउटा गुच्छा हो | पृथ्वीबाट यो  करिब करिब ४.३६७ आलोक वर्षको दूरीमा रहेको छ । जुन अहिलेसम्म पनि अद्भूत कुरा मानिएको छ । जब सौर मण्डल या यससँग जोडिएको अन्तरिक्षको बारेमा जान्ने मौका मिल्छ । आश्चर्यले हाम्रा शरीरका रौंहरु नै ठाडा ठाडा हुन सक्छन् । 

सूर्यको विषयमा जानकारी 
सूर्यको पूरा काहानी जान्नुभन्दा पहिले केही खगोलीय कुराहरुको बारेमा जानकारी लिनु राम्रो होला । यो जानकारी अरु अन्तरिक्षको बारेमा जान्नको लागि पनि राम्रोसँग काममा आउन सक्दछ । 

द्रव्यमान ( Mass ) :- १.९८८५ * १०^३० किलो 
भू-मध्य रेखीय व्यास :- ६९५७००किलो
ध्रुवीय व्यास :- ६९६३४२ किलो
सतहको कूल क्षेत्रफल :- ६.०९ * १०^१२ किमी
ज्ञातसमय :- ४.६ अर्ब वर्ष पहिले
सघनता :- १.४१ * १०^१८ किमि^३
सतहको तापमान :- ५७७२ k.
यो जो सूर्यको बारेमा दिइएको जानकारी हो यसले हामीलाई सूर्य कसरी बन्यो ? सूर्य कहिले बन्यो ? जस्ता धेरै जानकारीहरु जान्न मद्दत मिल्दछ । The End Of Earth

सूर्यको काहानीको आरम्भ 
सूर्यको पूरा कहानीको आरम्भ एकदमै रोचक कुराबाट हुन्छ । हामीले बुझेकै कुरा हो कि अन्तरिक्ष अद्भुत कुराहरुको भूल-भुलैया हो । यहाँ कहिले ,कसरी र कहाँ के हुन्छ त्यो कोही पनि केही बताउन सक्ने अवस्थामा छैनन् । यदि हामीले सूर्य कसरी बन्यो ? भन्ने प्रश्नको उत्तर खोज्नेहो भने यसको उत्तर पाउन हामी आजभन्दा ४.६ अर्ब वर्ष अगाडि जानु पर्ने हुन्छ । यस समय हाम्रो सौर मण्डल अस्तित्वमा नै थिएन । सो समयको सूर्यलाई अहिले सोलार नेबुला नाम दिइएको छ । 

वैज्ञानिकहरु भन्दछन् कि सोलार नेबुलाको आकारमा एकदमै ठूलो थियो । यो देख्नमा कुनै चमकदार र कैयौं रंगहरुबाट सजिएको थियो । प्रकाशको किरणले यस बादललाई अझ बढी देख्न लायक बनाइदिन्थ्यो । सो समय अन्तरिक्षको गुरुत्वाकर्षण शक्तिको कारणले सोलार नोबेलामाथि दबाब सिर्जना हुन थाल्यो । 

सूर्यको पूरा कहानी :-
सूर्यमा भौतिक विज्ञानका हर एक पहलहरु लागु हुन्छ । मानौं जसरी सूर्य एक भौतिक विज्ञानको प्रयोगशाला नै हो । यहाँ कैयौं सारा भौतिक विज्ञानका नियमहरु र सिद्धान्तहरुको संगमहरु देख्न पाइन्छ । जब सोलार नेबुला माथि दबावको सीमा नाघ्यो यसमा रहेको हर एक ग्यास र धूलोका कणहरु आपसमा सघन हुन लाग्यो । यहाँबाटै सुरु हुन्छ सूर्यको पूरा कहानी । 

जसरी हाम्रो घरमा रहेको सिलौटोमा हामी केही कुरा पिस्दैजान्छौं भने विस्तारै त्यसको भित्री भाग पातालो हुँदै जान्छ वा खिईंदै जान्छ । ठीक त्यसरी नै सोलार नेबुला पनि एकदमै तेज रुपमा घुम्ने गरेको कारणले यसको भित्री हिस्सा बाहिरी भाग भन्दा सघन हुन लाग्यो । यही सघन भाग पछि सूर्यको रुपमा अस्तित्वमा आयो । 

प्रारम्भिक रूपमा सूर्यलाई वैज्ञानिकहरुले प्रो स्टारको नाम दिएका थिए । यसमा विस्तारै कैयौं मात्रामा केमिकल रिएक्सन सुरु हुन थाल्यो । यो सबैमध्ये हाइड्रोजन र हिलियमको फ्युजन रिएक्सन सबैभन्दा धेरै महत्वपूर्ण छ । यही रिएक्सनले सूर्यलाई यति धेरै गर्मी र चमकदार बनाउँछ । यही कारणले सूर्यलाई आगोको महासागरको रुपमा हामी मान्ने गर्दछौं । आज हामीले जुन सूर्य देखिरहेका छौं सूर्यलाई यो खवस्थामा आइपुग्नको लागि करिब ५ करोड वर्ष लाग्यो। सूर्यको जीवन काल १० अर्ब वर्षको हुन्छ । जसमा अब ६.६ अर्ब वर्ष बाँकी रहेको छ । 

सूर्यको कहानीको अन्त:-
जस्तो कि कुनैपनि यात्रा एक न एक दिन अन्त्य हुन्छ नै । ठीक यसै गरी सूर्यको समेत एक दिन अन्त्य निश्चित छ। एउटा अटुट सत्य यो हो कि कसैको आदि छ त त्यसको अन्त्य अवश्य छ । यहाँ हामी सूर्यको कहानीको अन्त्य कसरी हुन्छ ? त्यो बताउन जाँदै छौं । कुनै पनि एक व्यक्तिको अन्तिम क्षण जसरी संघर्षपूर्ण हुन्छ । त्यस्तै गरी सूर्यको पनि अन्त्यको क्षण एकदमै संघर्ष पूर्ण हुनेछ । यो समय सूर्यको जीवन कालमा सबैभन्दा कठिन र जटिल समय हुनेछ ।

यस जटिल समय १४ करोड वर्षसम्म हुने आकलन वैज्ञानिकहरुले गरेका छन् । यदि हामी सूर्यको अन्तको बारेमा जान्न चाहन्छौं भने सबैभन्दा पहिले यसको भित्री बनावट र यसको केमिकल रिएक्सनको बारेमा जान्नु आवश्यक हुन्छ । 

सूर्यको वनावट
मुख्य रूपले सूर्यको दुई हिस्सा हुन्छ । पहिलो यसको माथिल्लो सतह हाइड्रोजनबाट बनेको हुन्छ र दोस्रो यसको मूलभाग हुन्छ त्यो हिलियमले बनेको छ । यो दुबै हिस्सा जुन हुन्छ । त्यो त्यो दुई खण्डमा छुट्टिएको हुन्छ । तर यो दुबै खण्डहरु एकअर्कोमा पूर्ण रुपमा निर्भर हुन्छ । 

सूर्यलाई हामीले आकाशको एउटा हिस्सा मान्ने गरिन्छ । सूर्यको दुबै खण्डमा सधैंभरी केमिकल रिएक्सन चलिरहेको हुन्छ । हिलियम त पहिलेदेखि नै प्रज्वलनशील हुन्छ। जल्नको लागि यसको कुनैपनि प्रकारको उत्प्रेरणाको आवश्यकता पर्दैन। दोस्रो भागमा रहेको हाइड्रोजनमा समेत ज्यादा वास्पशील पदार्थ पाइन्छ । 

सूर्यमा केमिकल रिएक्सन 
जब,  सूर्यको यी दुई खण्डमा तापमान हद भन्दा बढी बढ्न थाल्दछ । यसमा आफैं केमिकल रिएक्सन हुन सुरु हुन्छ । यस केमिकल रिएक्सनलाई विज्ञानमा संयोजन वा अँग्रेजीमा फ्यूजन भनिन्छ । विज्ञानको नजरले हेर्ने हो भने वास्तवमा सूर्य एक हाइड्रोजन रिएक्टर हो । 

हाइड्रोजन नै यस्तो तत्व हो जसले सूर्यलाई उर्जा दिन्छ । ९० प्रतिशत सूर्यको प्रकाश हाइड्रोजन जल्दा निस्कन्छ । यहाँ सूर्यको मूलभागमा उपस्थित हिलियमको भूमिका पनि एकदमै महत्वपूर्ण हुन्छ । हिलियमले सूर्यको दुबै तर्फ हुने केमिकल रिएक्सनको नियन्त्रण गर्दछ । 

त्यसैले हिलियम सूर्यको हर एक केमिकल रिएक्सनमा हिस्सा लिन्छ । धेरैलाई थाहा हुन सक्छ कि सूर्यमा एउटा इनर्ट ग्यास हुन्छ । यो ग्यास ज्यादातर कुनैपनि पदार्थको साथ सजिलैसँग रिएक्सनको लागि आधार तयार गर्दछ । आफ्नो क्षेत्रमा हाइड्रोजनको लागि आधार बन्छ तापमान । बिना उच्च तापमानको फ्यूजन रिएक्सन हुन मुश्किल हुन्छ। त्यसैले त सूर्यको सतहको तापमान करिब करिब ६००० के रहने गर्दछ । सूर्यमा मुख्य रूपले यो दुई रिएक्सन हुन्छ । 

Hydrogen ——–> Helium.
Helium ————-> Carbon.

सूर्यको कहानीको पूर्ण-विराम :-
यो दुई रिएक्सनमा हामी देख्न सक्छौं कि हाइड्रोजन र हिलियमको जरूरत पर्दछ । यसैले समयको साथ साथ सूर्यबाट हाइड्रोजन र हिलियमको मात्रा पनि विस्तारै विस्तारै कम हुँदै गएको छ । एकदिन यस्तो समय आउँछ कि सूर्यबाट हाइड्रोजन र हिलियमको पूरै तरिकाबाट रिक्त हुन्छ । यसपछि कुनैपनि रिएक्सन देखिँदैन । र कुनै गतिविधि पनि । विस्तारै विस्तारै सूर्यको माथिल्लो सतहदेखि यसको अवसान सुरु हुन्छ । 

यसबाट सूर्यको मूलभाग अन्तरिक्षको सीधा सम्पर्कमा आउनेछ । जुन दिन अहिलेसम्मकै सबैभन्दा बढी गर्मी पनि हुन्छ । समय चल्दै जाँदा सूर्यको मूलभाग रातो रंगको हुन्छ । त्यो सेतो रंगको हुन्छ र त्यहिँबाट सूर्यको पूर्ण रूपले अन्त हुन्छ । 

पृथ्वीमा प्रभाव :-
सूर्यको अन्तका साथ साथ सूर्य कसरी बन्यो ? सूर्य कहिले बन्यो ? जस्ता सवालहरुको समेत अन्त हुन्छ । जब सूर्य नै रहँदैन भने सौर मण्डल पनि अवश्य रहँदैन । हामी सबै जान्दछौं कि सूर्यको महाकर्षण शक्तिले हाम्रा सौर मण्डलको ८ ग्रहहरुलाई आपसमा बाँधेर राखेको छ । जब सूर्यको भित्र कुनैपनि रिएक्सन हुन बन्द हुन्छ भने तब यसको महाकर्षण शक्ति समेत लुप्त हुँदै जान्छ । 

सबै ग्रहहरु आफ्नो मार्गबाट तितरवितर हुन पुग्छन् । यसै समयदेखि शुरू हुन्छ महाप्रलयको ताण्डव । कुनैपनि ग्रह सौर मण्डलबाट दूर भड्किन थालेपछि कुनै  दोस्रो ग्रहसँग ठोकिन पुग्छ । पृथ्वी जस्ता ग्रह अन्य ग्रहहरुसँग ठोकिने सम्भावना धेरै हुन्छ । अनि त्यही समय प्रलयको समय हुन्छ । जसरी सूर्यबाट आलोक आउनको लागि बन्द हुन्छ । ठीक त्यसरी नै सोही समय पृथ्वीबाट जीवनको संज्ञा लोप हुन पुग्दछ । मानिसहरु ठण्डीले जम्न पुग्छन् । वर्षा हुन बन्द हुन्छ। 

पृथ्वीमा घोर-अन्धकार छाउन थाल्छ । चारै तर्फ मानिसहरुको हालत खराब हुन थाल्दछ । सूर्यको जो माथिल्लो भाग छुट्टिएको हुन्छ । त्यो आएर पृथ्वीमा ठोकिन्छ जसले पृथ्वीको तापमानमा एकदमै धेरै असमानता हुन्छ । हाम्रा पूर्वीय शास्त्रहरुमा पनि यस प्रकारको प्राकृतिक घटनाबाट पृथ्वीको अन्त हुने कारण दर्शाइएको छ । अहिले विज्ञानको हिसाबबाट हेर्ने हो भने हामीसँग साढे ६ अर्ब वर्ष त अझै बाँकी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ