arrow

अमेरिकामा श्रमिक नेता गिरिजाबाबुको सम्झना 

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
USA-GP-koirala.jpg

काठमाडौँ। अमेरिकामा नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको सम्झना गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मे ३ मा श्रमिक नेता काँग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको सम्झना गरेको हो । श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको सम्झना गरिएको हो । 

विस २००३ सालमा नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन गरिएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर जननायक वीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । 

नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएको दिनको सम्झनामा उक्त दिवस मनाइएको हो । नेपाल ट्रेड युनियन काँग्रेसका संस्थापक कोषाध्यक्ष राजेन्द्र राउतले नेपालको श्रमिक आन्दोलनमा गिरीजाबाबुको महत्वपूर्ण योगदान रहेको स्मरण गरे। 

फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गिरीजाबाबुको नेतृत्वमा भएको श्रमिक आन्दोलनका कारण मुलुक अहिले यस अवस्थामा आएको उल्लेख गरे । “गिरिजाबाबुले गरेको श्रमिक आन्दोलन सफल नभएको भए मुलुक अस्तव्यस्त अवस्थामा पुग्थ्यो,”–उनले भने । कार्यक्रममा डा. कमल पाण्डे, कृष्ण राज पाण्डे, रतन लामा, बिनोद रुवाली, हेमन्त  बम मल्ल, धनबहादुर खत्री, शोभाकान्त पाण्डे, नेविसंघ अमेरिकाका सभापति प्रभात सापकोटा, नेपाल स्वास्थ्यकर्मी संघ ललितपुरका अध्यक्ष मोहन पौडेल तथा नेपाल तरुण दल अमेरिका का उपसभापति अन्नत सुवेदीले नेपाली श्रमिक आन्दोलनमा गिरिजाबाबुको योगदानको बारेमा मन्तव्य राखेका थिए । 

फाउण्डेशनका महासचिव सुरेन सापकोटा, नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व उपमहासचिव टिपी खनाल, ट्रेड युनियन काँग्रेसका नेता जदु पोख्रेल र तरुण पौडेलको सहभागिता रहेको थियो ।  फाउण्डेशनका उपसभापति सुवर्ण लामाले धन्यवाद ज्ञापन गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ