arrow

नाकाबन्दीको असर समेटिएको दस्तावेज बनाएर अन्तर्राष्ट्रिय सम्मेलन गर्नुपर्छः प्याकुरेल

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1552909381.jpeg
काठमाडौ । अर्थविद्ध डा. विश्वम्भर प्याकुरेलले भारतले गरेको नाकाबन्दीको असर र प्रभावका विषय समेटेको दस्तावेज नै बनाएर नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्नु पर्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले कसैले भने पनि नभनेपनि नेपालमा भारतले नाकाबन्दी लगाएको प्रष्ट भईसकेको भन्दै यसले नेपालको अर्थतन्त्र, जनजीवनमा पारेको असर समेटिएको दस्तावेज तयार पारेर अन्तर्राष्ट्रिय जगतलाई जानकारी दिनु पर्ने बताए । 

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा प्याकुरेलले भुकम्प र नाकाबन्दीका कारण उत्पन्न समस्या, स्रोत साधनको कमि, त्यसको उपाय र सरकारले चाल्ने कदम समेटेर स्वेत पत्र जारी गरी नेपाली जनतालाई मुलुकको बास्तविकताको विषयमा जानकारी गराउनु पर्ने समय आएको बताए । उनले यस्तै अवस्था रहे मुलुकले दुई प्रतिसत आर्थिक बृद्धिदर समेत हासिल गर्न नसक्ने ठोकुवा गर्दै भने,‘अहिले कुल ग्राहस्थ उत्पादन नाश भईसकेको छ । हामी संकटपूर्ण अवस्थामा छौ । सरकारले कानूनी स्थिति गुमायो । यो लम्बिए स्टेर फेल र ईकोनोमि कोल्याप्स हुन्छ । ’

नेपालले संकटको बेला चीनसँग मित्रता बढाउनु स्वभाविक भएको भन्दै चीनले ब्यापार तथा भन्सार सम्झौता गर्ने आशय ब्यक्त गरेकोले त्यो तत्काल नेपालले गर्नु पर्ने धारणा राखे । यसको अर्थ नेपालले भारत विरुद्ध चीनीया कार्ड प्रयोग गर्यो भन्ने रुपमा लिन नहुने तर्क गरे । चीनकालागि पूर्व नेपाली राजदुत राजेश्वर आचार्यले नेपाल संकटमा रहेको भनि संकटकाल घोषणा गर्ने बेला भएको बताए । उनले अहिले नेपाल सरकारले सार्क  मुलुक र चीनमा उच्चस्तरीय प्रतिनिधि मण्डल पठाएर नेपालको संविधान र नाकाबन्दीको असरको विषयमा बुझाउन सक्नु पर्ने भन्दै सरकारले कुटनीतिज्ञहरुसँग सल्लाह नै नगरी एकतर्फी रुपमा हल्काफुल्क ढंगले परराष्ट्र डिल गर्दा अवस्था झनै गंभिर हुने चेतावनी दिए । 

आचार्यले राष्ट्रिय सुरक्षाको प्रमुख अंग कुटनीति भएको भन्दै नेपालले यसलाई हल्का ढंगले प्रयोग गरिरहेको गुनासो गरे । उनले तराईको समस्या आन्तरिक भए पनि आन्तरिक समस्या आन्तरिक रुपमै समाधान गर्न नेपाल चुकेको भन्दै राजनीतिक दलहरुले राजनीतिक परिचालन गर्न नसक्नु र राज्यले तराईमा मृत्यू हुँदा समवेदना प्रकट गर्न जान नसक्नुले अप्ठ्यारो स्थिति आएको भन्दै संविधानबाट प्राप्त उपलब्धिको विषयमा भन्न नसकेको बताए । 

आचार्यले मधेसी मोर्चासँग बार्ता गर्न राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै त्यसकोलागि सबै दलका नेता भएको सर्वदलीय बार्ता टोली गठन गर्नु पर्नेमा जोड दिए । उनले चीनसँग पारवहन सन्धी गर्न आफू राजदुत हुँदै मस्यौदा आदानप्रदान भए पनि सरकारले वास्ता नगर्दा अहिलेको अवस्था आएको भन्दै त्यसलाई तत्काल अघि बढाउनु पर्ने आवश्यकता औल्याए । 

भारतकालागि पूर्व नेपाली राजदुत डा. भेषबहादुर थापाले नाकाबन्दीको कारणले नेपालले भोगेको समस्यालाई अन्तर्राष्ट्रिय करण गर्न ढिला भएको भन्दै विश्वलाई समस्या ढिला गर्न नहुने बताए । उनले हामीले राज्य तहमा कुरा गर्न नसकेको भन्दै राजनीतिक र कुटनीतिक अभ्यासमा कमजोरी भएकोले समस्या आएको बताए । थापाले मुलुक संकटमा परेको बेला सबै एक हुनु पर्नेमा हुन नसकेको प्रति दुख ब्यक्त गर्दै अहिले मुलुकमा राष्ट्रिय सहमतिका साथ अडिग हुनु पर्ने बेला भएको बताए । 

अहिले भारतसँगको द्धिपक्षीय बार्ताको हलो अडकिएकोले त्यसलाई सुरु गर्नु पर्ने आवश्यकता भएको भन्दै कुटनीतिक संबादको विकल्प नभएको बताए  । उनले मधेस समस्या जनतामा जान नसक्नु र राजनीतिक परिचालन गर्न नसक्नुको परिणाम भएको भन्दै संविधानले कसैलाई पनि भेद्भाव गरेको छैन भनि बुझाउन किन कमजोरी भयो भनि प्रश्न गरे ।  उनले भारतलाई आफू विरुद्ध भएको भन्ने आभाष नदिई चीनसँगको सम्बन्धलाई अझै बढाउँदै जानु पर्ने सुझाव दिए । 

नेकपा एमालेका सभासद एवम परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले चीनसँग नेपालले संम्बन्ध बढाउने कुरालाई भारतका विरुद्ध हो भन्ने बुझ्न नहुने भन्दै अहिलेको समस्य कुटनीतिक बार्ता र छलफलबाटै टुङग्याउनु पर्नेमा जोड दिए । उनले नेपालमा मानवीय संकट आईसकेकोले यसलाई अन्तर्राष्ट्रिय करण गरेर सँगै बस्ने दुई देशवीचको सम्बन्धलाई अप्ठ्यारोमा पार्न नहुने भन्दै भारतसँग द्धिपक्षीय छलफललाई तिब्रता दिएर समस्याको समाधान गर्नु पर्नेमा जोड दिए । 

भट्टराईले संघीयता राजनीतिक विषय भएकोले अहिले नै सबै कुरा मिल्न नसक्ने भन्दै अहिले मिलाउन सक्ने कुरालाई मिलाएर बाँकी विषयमा छलफल गर्दै समस्याको समाधान गर्नु पर्ने भन्दै सहमति भएका विषयलाई फाष्टट्रयाकबाट अघि बढाउनु पर्नेमा जोड दिए । उनले मधेसको समस्या हाम्रो कारणले मात्रै नभएको भन्ने प्रष्ट भईसकेको भन्दै भारतले आफ्नो निर्णयमा पुर्नविचार गर्नु पर्नेमा जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ