arrow

प्रदेश ५ को राजधानी र नामाकरण तोक्ने प्रक्रिया लम्बियो

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ वैशाख २२ आइतबार
pradesh-5_sava_hall1.JPG

बुटवल । प्रदेश नं. ५ को राजधानी र नामाकरण तोक्ने प्रक्रिया पुन लम्बिने भएको छ । राजधानी र सुझाव संकलनका लागि गठित विशेष समिति माताहतको उपसमितिले प्रतिबेदन दिएपनि मुल समितिले प्रतिबेदनलाई अन्तिम रुप दिन नसकेपछि राजधानी र नामाकंन तोक्ने प्रक्रिया लम्बिएको हो ।

आइतबार बिहान बसेको विशेष समितिको बैठकले नाम र राजधानीका लागि विज्ञ समिति बनाएर सुझाव लिने निर्णय गरेको छ । सचिवालयले अब विज्ञ समिति गठन गरी सुझाव लिएपछि मात्रै मुल समितिको प्रतिवेदन तयार हुनेछ । यो प्रक्रिया अर्को हिउँदे अधिवेशनमा मात्रै हुने बताइएको छ । उपसमितिले दिएको प्रतिवेदनमा राजधानीका लागि रुपन्देही, दाङ र नाममा लुम्बिनी रहेको छ।

१२ वटै जिल्लाबाट संकलन भएका १३ सय १२ सुझावको गणना गरेर जिल्ला तोकिएको छ। सुझावमा सबैभन्दा बढी दाङले ५ सय ५३ मत पाएको छ भने रुपन्देहीले ३५० पाएको प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले बताईन् । विशेष समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले विज्ञ समिति गठनका लागि सचिवालयलाई आग्रह गर्ने निर्णय गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ