arrow

आईतबारको संसदमा पनि ‘मेरो सरकार’ को चर्चा, नेकपाकै सांसद्ले जनाए आपत्ति

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
Agni-sapkota.jpeg

काठमाडौं । शुक्रबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ भन्ने अभिव्यक्ति दिएको प्रति सत्तारुढ दलका नेताहरुले नै असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै नेकपाका सांसद अग्नी सापकोटाले अन्तराष्ट्रिय अभ्यास भन्दै आफ्नो मौलिकतालाई असरपर्ने काम नगर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

आईतबारदेखि सुरु भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै सांसद सापकोटाले हाम्रा मौलिकताहरु मुलुकले अहिलेसम्म जोगाएर राखेको भन्दै त्यसलाई अन्त्य गर्न नहुने धारणा व्यक्त गरेका छन्। 

सरकार नीति तथा कार्यक्रम ल्याउने तर कार्यान्वयन नगर्ने तर्फ ईंकित गर्दै उनले अहिलेको नीति तथा कार्यक्रम पनि सकारात्मक भएपनि सरकार कार्यान्वयन तर्फ गम्भीर बन्नु पर्नेमा जोड दिएका हुन् । राष्ट्रपतिले भनेको ‘मेरो सरकार’ भन्ने शब्दावलीप्रति आपत्ति जनाउँदै उनले अन्तर्राष्ट्रिय प्रचलन या अरु कुनै बाहानामा आफ्नो मौलिकता मास्ने काम गर्न नहुने धारणा राखेका हुन् । 

बालुवाटार, खुलामञ्च, तारागाउँ, पोखरा, जनकपुर जताततै भ्रष्ट्राचार रहेको भन्दै उनले सरकारी, सार्वजनिक, गुठिको जग्गा अनुसन्धान गर्न उच्च स्तरीय आयोग बनाउनुपर्नेमा जोड समेत दिएका छन् । उनले कसम खाने र खुवाएर मात्रै भ्रष्टाचार अन्त्य नहुने धारणा राखे ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ