arrow

भाइको विवाह खान भारत आइन् प्रियंका, विवाह पुर्व नै तोडियो सम्बन्ध

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
priyankas1.jpg

काठमाडौं । अप्रिलको अन्तिममा हुने भनिएको अभिनेत्री प्रियंकाका भाइको विवाह तोडिएको छ । प्रियंकाका भाइ सिद्धार्थ चोपडाको विवाह छुटेको हो । शनिवार उनकी आमा मधु चोपडाले यो समाचारको पुष्टि गरेकी हुन् । मधुका अनुसार सिद्धार्थ र इशिताको विवाह अप्रिलको अन्तिममा हुने कार्यतालिका तय भएको थियो । तर, अहिले भने यो विवाह छुटेको छ । दुवैले आपसी सहमतिमा नै यो विवाह टुटाउने निर्णय गरेका हुन् ।

केही दिनअघि प्रियंका आफ्ना भाइ सिद्धार्थ चोपडाको विवाहको लागि भारत आएकी थिइन् । तर, इशितालाई अचानक स्वास्थ्यसम्बन्धी समस्या देखिएको थियो । जसको कारण विवाह रोकिएको बताइएको थियो । यससँगै इशिताले सिद्धार्थसँगको विवाह तोडेको अनुमान गरिएको थियो ।

इशिताले पनि आफ्नो र सिद्धार्थको फोटो इन्स्टाग्रामबाट हटाएकी छिन् । साथै प्रियंका र सिद्धार्थले पनि उनलाई इन्स्टाग्राममा अनफलो गरेका छन् । हालसालै इशिताले आफ्नो इन्स्टाग्राममा एक रेष्टुरेन्टको फोटो अपलोड गर्दै पुराना यादलाई गुडबाइ भन्दै क्याप्सन राखेकी थिइन् ।

यो फोटोमा कमेन्ट गर्दै इशिताकी आमाले पुरानी किताब बन्द गर र नयाँ लेख भनेर कमेन्ट गरेकी थिइन् । उनका पिताले पनि आफूहरु तिमीसँग रहेको भन्दै सहयोग गर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ