arrow

‘मधेशी परिवारमा जन्म लिएकोले नेपाली भन्ने सौभाग्य पाईन’

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
mahantha-thakur.jpg

काठमाडौं । राजपाका सांसद महन्थ ठाकुरले पहाड र तराईबीच अझै पनि विभेद कम नभएको भन्दै संसदमा गुनासो गरेका छन् । सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद ठाकुरले अहिले पनि मधेशी र पहाडीको लागि फरक कानून भएको भन्दै काठमाडौंले पहाडीलाई मात्रै नेपाली मान्ने गरेको गुनासो गरेका छन् ।

अहिले नागरिकताको सवालमा भारतीयले नागरिकता लियो भनेर दिनेगरिएको गैरजिम्मेवार अभिव्यक्तिमाथि खण्डन गर्दै नेता ठाकुरले अहिलेपनि मधेशमा जन्मिएकाहरुलाई नेपाली भन्न कसैले पनि नचाहने गरेको आरोप लगाए । ‘तपाईहरु पहाडमा जन्मिएकोलाई मात्रै नेपाली देख्नुहुन्छ । हामी मधेशमा जन्मिएकाहरु मधेशी देख्नुहुन्छ । हामी आफ्नै भूमिमा विदेशी भएजस्तो व्यवहार सहन बाध्य छौं ।’ संसदमा बोल्दै उनले भने ‘हामी पनि पहाडमा जन्मिएको भए नेपाली भन्ने सौभाग्य पाउँथ्यौं होला । तर, विडम्बना मधेशमा जन्मिएर त्यो सौभाग्य पाएनौं ।' 

भारतीले नागरिकता लिएको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले भने लाईनमा भारतीय बसेको भएपनि नागरिकता दिने ठाउँमा गृहमन्त्रालयका अधिकारीहरु बस्ने भन्दै उनले प्रश्न गरे ‘के गृहमन्त्रालयमा पनि भारतीयहरु बसेका छन् ?’
 
फरक प्रसंगमा उनले जनताले जिताएको चेहरा संसदमा बस्न नपाउनु जनताको अपमान हो भन्दै अदालत र दुनियाँ अड्डाको नाममा लोकतन्त्रको लागि लडेको मानिसले अहिले अधिकार माग्दा गोली खानु परेको छ र जेल बस्नु परेको गुनासो गरे । उनले दिन खोजेको संकेत सर्वाेच्च अदालतबाट जन्मकैदको फैसला सुनाईएका रेशम चौधरी तर्फ थियो । उनले सोधे ‘के यही लोकतन्त्रको लागि हामीले लडेको हो ?’ उनले कागजमा लोकतन्त्रका राम्रा राम्रा नाराहरु कोरिएको भन्दै व्यवहारमा भने केही पनि नदेखिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ