arrow

मोदीको अन्तर्वार्ता लिएसँगै नागरिकता विवादमा फसे अक्षय, अनुपम खेरको साथ

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
akshaya-anupam.jpg

काठमाडौं । अक्षय कुमारले केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्वार्ता लिएका थिए । यससँगै उनको चर्को आलोचना शुरु भएको छ ।

उनले मतदान नगरेसँगै विवाद शुरु भएको हो । मुम्बईमा भएको निर्वाचनमा अक्षयकुमारले मतदान नगरेसँगै उनको वास्तविक नागरिकताको विषयमा खोजी शुरु भएको थियो । मामिला बढ्दै गएपछि अक्षयकुमारले यसबारे सफाइ दिनुपर्‍यो ।
 
उनले आफ्नो सफाइ दिँदै आफूसँग क्यानडाको नागरिकता रहेको बताएका थिए । अक्षयकुमारले सफाइ दिँदै आफ्नो नागरिकताको विषयलाई किन यति धेरै नकारात्मक माहोल बनाइएको हो भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफूसँग क्यानडाको नागरिकता रहेको विषय कहिल्यै पनि नलुकाएको र आफू ७ वर्षयता क्यानडा पनि नगएको बताएका छन् ।

यस्तोमा बलिउडका स्टारहरु अक्षयकुमारका पक्षमा देखिएका छन् । यसैबीच अनुप खेरले ट्वीटरमार्फत् अक्षयकुमारको बचाउ गरेका छन् । उनले अक्षयकुमारलाई आफ्नो बचाउ नगर्न अनुरोध गरेका छन् । उनले अक्षय कुमारलाई काम गरेर देखाउने व्यक्ति रहेको बताउँदै देशभक्तिको विषयमा केही बोल्नु आवश्यक नरहेको बताएका छन् ।

नागरिकताको साथै अक्षय कुमारलाई नेशनल अवार्ड दिइएको विषयमा पनि प्रश्न चिह्न उठेको छ । सन् २०१७ मा अक्षय कुमारले ‘रुस्तम’ र ‘एयरलिफ्ट’ फिल्मका लागि बेस्ट एक्टरको नेशनल अवार्ड पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ