arrow

फुटबल खेलाडीलाइ बिदाइ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2074523583.jpeg
प्रेम रौले, बाजुरा । गिरिजा प्रसाद युवा मञ्च बाजुराले आयोजना गरेको प्रथम गिरिजा प्रसाद कप फुटबल प्रतियोगितामा सहभागि छिमेकी जिल्ला अछामका खेलाडीहरुलाइ एक कार्यक्रममा वीच भव्य सम्मान सहित बिहीबार विदाइ गरिएको छ ।गत कार्तिक १० गतेबाट सुरु भएको प्रथम गिरिजा प्रसाद कप फुटबल आयोजनामा सहभागि जनाउनका लागि आएको अछामको नवजनजागरण युवा क्लव जिल्लामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उप विजेता बनेको टिमलाइ बिहीबार बिहान औपचारिक कार्यक्रम गरी विदाइ गरिएको युवा मञ्चका अध्यक्ष विरेन्द्र रावलले बताएका छन् ।

जिल्लामा आएर सबै भन्दा राम्रो खेल प्रदर्शन गरेका कारण र छिमेकी जिल्लाका खेलाडीहरुलाइ स्वागत र  विदाइ गर्ने बानीको विकास गर्न जरुरी रहेको उनले जनाए ।  १० गतेबाट भएको प्रतियोगितामा सहभागी भइ अनुसाशित रुपमा खेलको मर्यादा राखी उत्कृष्ट ढंगबाट खेल प्रदर्शन गरेको भन्दै उनीहरुलाइ औपचारिक विदाइ गरिएको युवा मञ्चका सचिव राजेन्द्र जैशीले बताए ।

कप्तान अशोक भण्डारी नेतृत्वमा ११ जना खेलाडी, प्रशिक्षक, व्यवस्थापक नवराज कँुवर सम्मिलित टोली गत कार्तिक १० गते मंगलबार जिल्ला सदरमुकाम मार्तडीमा आइपुगेको थियो । खेल खेल्नका लागि आएको नवजागरण युवा क्लवले आयोजक(द्य) संग पहिलो खेलको सामना गर्दै  विजेता  बनेको थियो । सदरमुकाम मार्तडीमा कार्तिक १० गतेबाट सुरु भएको खेल कार्तिक १८ गते अर्थात ९ दिनसम्म खेल सञ्चालन भएको युवा मञ्चका सदस्य नृप कार्कीले बताएका छन् ।

प्रतियोगितामा सहभागी भएका नवजागरण युबा क्लव अछामका खेलाडी विनोद थापा भन्छन् यो भन्दा पहिले कुनै जिल्लामा यसरी खेलाडीलाइ विदाइ नगरेको भएपनि बाजुरामा भने यो सम्मानले ज्यादै खुसी भएको बताएका छन् । प्रतियोगितामा कप जित्ने आशा भएपनि उप विजेता भएपनि खुसी भएको थापाले बताएका छन् । प्रथम गिरिजा प्रसाद कप फुटबल प्रतियोगितामा  सहभागी भएको नवजागरण युवा क्लवले मेडल प्रमाण पत्र र ३१ हजार १ सय १ रुपैयाको चेक लिदै विहीबार गृह जिलला फर्किएको  युवा मञ्चका उपाध्यक्ष दिलिप  थापाले बताएका छन् । हाल कै जिल्लामा सबै भन्दा ठुलो पुरस्कारको राशी रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ