arrow

राज कपूरकी दोस्री बन्न तयार थिइन् नरगिस, सुनील दत्तले फिल्मी शैलीमा जिते मन

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
rajkapoor-sunildutta.jpg

काठमाडौं । सुनील दत्त र नरगिसको प्रेमको विषयमा कुनै नौलो कुरा होइन । यी दुई कसरी भेटिए र नरगिस कसरी सुनील दत्तको जीन्दगीको हिस्सा बनिन् भन्ने कुरा भने निकै रोचक छ । यो  जोडीको प्रेम कहानी फिल्मी शैलीमा शुरु भएको थियो ।

भारतका चर्चित अभिनेता सुनील दत्त पाकिस्तानको झेलम प्रान्तमा जन्मिएका थिए । उनी  ५ वर्षको हुँदा उनका पिताको निधन भएको थियो । त्यसपछि उनको पूरा परिवार भारत आएको थियो । सुनील दत्तले जीन्दगीको लामो समय हरियाणामा बिताएका थिए ।

अभिनेता बन्ने सपना बोकेर सुनील दत्त सन् १९५५ मा मुम्बई आएका थिए । तर, त्यहाँको जीवन त्यति सहज भने थिएन । त्यसका लागि उनले कन्डक्टरको पेशा अपनाएका थिए ।

शुरुमा सुनील दत्तले रेडियो सिलोनमा काम शुरु गरेका थिए । त्यहाँ उनको भेट नरगिससँग भएको थियो । यो क्रममा सुनील नरगिसको ठूलो फ्यान बनेका थिए । उनलाई नरगिससँग अन्तर्वार्ता लिनु थियो ।

तर, नरगिसको अगाडि पर्दा त्यतिबेला राज कपूर र नरगिसको प्रेम सम्बन्ध विवाह हुने अवस्थामा पुगेको थियो । राज विवाहित थिए । यस्तोमा उनको दोस्री श्रीमती बन्न पनि उनी तयार भएकी थिइन् । तर, राजले मानेनन् र नरगिस एक्लै भइन् ।

‘मदर इन्डिया’ फिल्ममा नरगिसले राधाको भूमिका निर्वाह गरेकी थिइन् भने सुनील दत्तले उनका छोराको भूमिका निभाएका थिए ।
यो फिल्ममा अभिनयको क्रममा सनील दत्तको नरगिससँग प्रेम सम्बन्ध बनेको थियो ।

उक्त फिल्म सुटिङको क्रममा सेटमा आगो लागेको थियो र नरगिस त्यहाँ फसेकी थिइन् । यस्तोमा सुनीलले एक हिरोको स्टाइलमा उनलाई आगोबाट बाहिर निकालेका थिए ।

राज कपूरसँग छुट्टिएको दुःखको बीचमा नरगिसलाई सुनील दत्तको व्यवहारले मन छोएको थियो । दवैले फिल्म रिलिज भएको अर्को वर्ष सन् १९५८ मा विवाह गरेका थिए । विवाहपछि फिल्मी क्षेत्रमा सुनौलो युगको शुरुवात भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ