arrow

म्यानमारमा पक्राउ परेका रोयटर्सका दुई पत्रकार रिहा

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
journalists.jpg

याङ्गुन ।  सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ ।

म्यानमारमा ६ हजार ५२० कैदीलाई रिहा गर्नेक्रममा ती दुई पत्रकार रिहा भएका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । याङ्गुनसँग आवद्ध दुई पत्रकार वा लोन र क्याव सोए ओओलाई सन् २०१८ को सेप्टेम्बरमा सात वर्ष कैदको सजाय सुनाइएको थियो ।

म्यानमारको परम्परागत  नयाँ वर्षको उपलक्षमा गत महिनादेखि २३ हजार १९ जना कैदीलाई रिहा गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ