arrow

प्रधानमन्त्रीको तीन शब्दले संसदमा हंगामा !

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
samsad-hangama.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको तीन शब्दलाई लिएर नेपाली काँग्रसका सांसदहरुले आपत्ति जनाएका छन् । मंगलबार संसदमा सांसदहरुले नीति तथा कार्यक्रममाथि उठाएको प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्तिलाई लिएर काँग्रेसले आपत्ति जनाएका हुन् । 

प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका सांसदहरुको  सोधेको प्रश्नको उत्तर दिने रोष्टममा पुग्ने वित्तिकै ‘आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्ने अभिव्यक्ति दिएका थिए 

त्यसपछि काँग्रेस सांसदहरुले त्यसमा आपत्ति जनाएको थियो । प्रधानमन्त्रीले जवाफ दिन लाग्दा काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ