arrow

सन्दीप आवद्ध दिल्ली पहिलो पटक नकआउट जित्न सफल

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
delhi7.jpg

काठमाडौं । नेपाली युवा क्रिकेट ढुकढुकी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स पहिलो पटक आइपिएल टी–२० क्रिकेटको नकआउट चरण जित्न सफल भएको छ । 

बुधबार राति भएको इलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै क्वालिफायरमा पुग्न सफल भएको हो । 

टस हारेर पहिले ब्याटिङमा आएको हैदरावादले ८ विकेटको नोक्सानीमा १६२ रन बनायो । मार्टन गुप्टिलले १९ बलमा ३६, मनिष पान्डेले ३०, विजय शंकरले ११ बलमा २५ तथा मोहम्मद नाबीले १३ बलमा २० रन बनाए । 

कीमो पलले ३ तथा इशान्त शर्माले २ विकेट लिए । जवाफमा आएको दिल्लीले छिनमा जित नजिक र छिनमा हार नजिक पुग्दापुग्दै रोमाञ्चक २ विकेटको जित निकाल्यो । 

दिल्लीले १९.५ ओभर खेल्दै ८ विकेटको नोक्सानीमा जित निकालेको हो । 

ओपनर पृथ्वी शाले ३८ बलमा ५६ तथा रिसभ पन्तले २१ बलमा ४९ रन बनाए । रसिद खान, भुवनेश्वर कुमार र खलिल अहमदले २–२ विकेट लिए । पन्त म्यान अफ द म्याच भए । 

दिल्लीले चौथो हारपछि पहिलो पटक नकआउट चरण जितेको हो । दोस्रो क्वालिफायरमा पुगेको दिल्लीले अब शुक्रबार चेन्नाई सुपर किंगससंग खेल्नेछ । 

चेन्नाईले पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससंग ६ विकेटको पराजय भोग्न वाध्य भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ