arrow

बालाकोट एयरस्ट्राइकमा परेका ४५ आतंकवादी अझै पनि अस्पतालमा

१३०–१७० मारिए, काँग्रेसलाई नरेन्द्र मोदीले दिने जवाफ इटालीकी पत्रकारले दिइन् 

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
surgical-strike.jpg

काठमाडौं । पाकिस्तानको बालाकोटमा भारतले गरेको एयर स्ट्राइकमा परी अझै पनि ४५ आतंकवादी अस्पतालमा भएको खुलासा भएको छ । 

एक इटालियन पत्रकारले यसको खुलासा गरेका हुन् । उनका अनुसार पाकिस्तानी सेनाको टीमले घाइते आतंकवादीहरुलाई आर्मी अस्पतालमा लगेर उपचार गराएका हुन् । 

इटालियन पत्रकारले स्थानीय सूत्र प्रयोग गर्दै झण्डै ४५ घाइतेहरुको अस्पतालमा उपचार भइरहेको र उपचारका क्रममा २० जनाको मृत्यु भइसकेको बताएका छन् । 

जम्मू कश्मीरको पुलवामामा गत फेब्रुअरी १४ मा आतंकवादी हमलामा झण्डै ५० भारतीय सुरक्षाकर्मी मारिएपछि भारतले त्यसको बदलामा बालाकोटमा एयर स्ट्राइक गरेको थियो । 

भारतमा चुनाव चुलिरहेका बेलामा विपक्षी दल काँग्रेसले एयर स्ट्राइकका विषयमा नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि सबाल उठाइरहेका बेलामा इटालीकी पत्रकार फ्रेन्सेसा मेरिनोले स्टिङगेरासिया डट आइटीमा यो घटनाबारे विवरणसहित समाचार छापेर जवाफ दिएकी हुन् । 

त्यो समाचारमा मेरिनोले लेखेकी छिन् ‘भारतीय वायुसेनाले करिब साढे ३ बजे हमला गरेको थियो, मेरो सूचना अनुसार सिंकयारी आर्मी क्याम्पबाट सेनाको एक टुकडी घटनास्थलमा पुग्यो ।’

उक्त हमलाको दिन बिहान ६ बजे घटनास्थलभन्दा २० किलोमिटर टाढा रहेको सेनाको टोली घटनास्थल पुगेर घाइतेहरुलाई अस्पतालमा लगेको थियो । 

उपचारपछि ठीक भएका आतंककारीलाई पाकिस्तानी सेनाले आफ्नो नियन्त्रणमा लिएको पनि जनाइएको छ । 

यो घटनामा आतंकवादी जैश ए मोहम्मदका थुपै्र लडाकुहरु मारिएको दावी गरिएको छ । मेरिनोका अनुसार मृतकको संख्या १३० देखि १७० सम्म हुन सक्छ । 

मारिने आतंकवादीमा ११ जना ट्रेनरसमेत रहेको बताइएको छ । केही मृतकहरु बम बनाउने र हतियार चलाउने ट्रेनिङ दिनेहरु रहेको समेत इटालियन पत्रकार मेरिनोले बताएकी छिन् । 

पुलवामा घटनापछि भारतभित्रै आत्मघाती हमला हुन सक्ने सूचना भारतीय सुरक्षा सुत्रले पाएपछि बालाकोट आक्रमण गरेको भारतीय पक्षको दावी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ