arrow

शिवम सिमेन्टले गर्‍यो दुई महिनामा तीन पटक मुल्यबृद्धि

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
520668074.jpeg
सुनिल शिवाकोटी, हेटौंडा। भुकम्प पछिको पुनःनिर्माण र नाकाबन्दिबाट झेल्नुपरेको समस्याको फाइदा उठाउँदै र नाकाबन्दिले देश समस्यामा परेको बेला हेटौँडामा रहेको शिवम सिमेन्टले आफनो उत्पादनको मुल्यबृद्धि गरेर जनतालाई  ढाड सेक्ने काम गरेको भन्दै विप्लब नेतृत्वको नेपाल कम्युष्टि पार्टी माओवादी मकवानपुरले मुल्य बृद्धि प्रति आपत्ति जनाएको छ । शिवम सिमेन्टले गरेको मुल्यबृद्धि गैह्कानुनि र कालोबजारी भएको भन्दै विज्ञप्ति निकालेरै माओवादीले विरोध गरेको हो । माओवादीका जिल्ला सेक्रेटरी ज्वालद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुई महिनाको अबधिमा ३ पटक गरी १ सय ५० रुपैया सम्म मुल्यबृद्धि गरेको भन्दै बृद्धि भएको मुल्य तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।
 
आजहेटौंडामा पत्रकार सम्मेलनमा गरी माओवादी जिल्ला सेक्रेटरी बीरबहादुर घलान ज्वालाले विपदको यस घडिमा राज्यको निकाय एवम् सरोकारवाला समेत चुपचाप लागेर बस्दा कालोबजारीले टाउको उठाएको बताउँनुभयो ।त्यसैगरी माओवादी नेता गोकुल दाहालले उधोगले बृद्धि गरेको समय तत्काल घटाएर साविकको मुल्य बनाउन आग्रह गर्नुभयो अन्यथा बढेको मुल्य फिर्ता गराउँन आफुहरु जनता र सरोकारवालको साथ लिएर जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ