arrow

हैजाले छोयो काठमाडौंलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
cholera.jpg

काठमाडौँ । काठमाडौँलाई हैजाले छोएको छ । टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको कीटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा गत बैशाख २२ गते नै हैजा प्रमाणित भएको देखिएको हो ।

अस्पताल र प्रयोगशालाको टीम हैजा प्रमाणित भएका बिरामीको घर गई निरिक्षण गर्दा भने बिरामीको स्थिति सामान्य रहेको देखिएको र परिवारका अन्य सदस्यमा झाडापखाला देखिएको छ । 

अस्पतालमा घाँटी दुख्ने र कडा रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ