arrow

फुटबलमा इंगल्याण्डले राख्यो नयाँ कीर्तिमान

पहिलो पटक युरोपियन फाइनलमा चार वटै टिम इंगलिश प्रिमियर लिगका

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
chelsea25.jpg

काठमाडौं । युरोपेली फुटबलको इतिहासमा पहिलो पटक एकै सिजनमा चार वटै टिम इंगलिश प्रिमियर लिगबाट मात्रै फाइनलमा पुगेका छन् । 

युइएफए च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र टोटनह्याम हट्सपर पुग्दा युरोपा लिगको फाइनलमा चेल्सी र आर्सनल पुगेका छन् । 

Spurs booked their place in the Champions League final in the most dramatic of circumstances

लिभरपुलले स्पेनिश क्लब बार्सिलोनालाई हराएर तथा टोटनह्यामले डच क्लब आयाक्सलाई हराएर फाइनलमा स्थान बनाएको थियो । 

The Liverpool stars celebrate after coming from three goals down to win 4-0 over two legs

त्यसैगरी युरोपा लिगमा चेल्सीले जर्मन क्लब आइनट्राच्ट फ्रयांकफर्ट र आर्सनलले स्पेनिश क्लब भ्यालेन्सियालाई हरायो । 

चेल्सीको खेल
सेमिफाइनलको दोस्रो लेगको खेलमा चेल्सीले फ्रयांकफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल यात्रा तय गर्यो ।

Eden Hazard scores the winning penalty to send Chelsea to the Europa League final

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिए पनि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

Eden Hazard scored the decisive penalty for Chelsea as they made it through to the final

लोफटस चेकले २८ औं मिनेटमा घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका थिए । ४९ औ मिनेटमा जोभिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पहिलो लेगको खेल समेत १–१ गोलको बराबरीमा सकिएको थियो । अन्तिममा चेल्सीले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो ।
आर्सनलको खेल
आर्सनलले भ्यालेन्सियालाई दोस्रो लेगको खेलमा ४–२ गोल अन्तरले हरायो । आर्सनल समग्रमा ७–३ को नतिजासहित फाइनलमा प्रवेश गरेको हो । 

Arsenal players celebrate on the pitch after easing past Valencia in their semi-final second leg

पियरी एम्रिक अबुमियाङले ह्याट्रिक गरेको खेलमा लाकाजेट्टीले एक गोल गरे । भ्यालेन्सियाका केभिन गेमिरोले दुई गोल गरे पनि टिमलाई जिताउन सकेनन् । 

Pierre-Emerick Aubameyang scored a hat-trick at Arsenal beat Valencia 7-3 over two legs

च्याम्पियन्स लिगको फाइनल जुन १ मा स्पेनको मड्रिडमा हुनेछ भने युरोपा लिगको फाइनल मे ३० तारिखमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ