arrow

अमेरिका र उत्तर कोरियाबीच दूरी बढ्यो, जहाज नियन्त्रणमा

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
ship.jpg

काठमाडौं । अमेरिका र उत्तर कोरियाबीचको दूरी थप बढेको छ । अमेरिकाले उत्तर कोरियाली जहाज नियन्त्रणमा लिएपछि दूरी झनै बढेको हो । प्रतिबन्ध उल्लंघन गरेको आरोपसहित अमेरिकाले जहाज नियन्त्रणमा लिएको जनाएको छ । 

अमेरिकी न्यायिक विभागका अनुसार जहाजमा कोइला ओसारिँदै थियो । संयुक्त राष्ट्रसंघले निर्यातमा रोक लगाएको भन्दै अमेरिकी अधिकारीले उक्त जहाजलाई समुद्रबाट नियन्त्रणमा लिएका हुन् ।

अमेरिकाले पहिलो पटक जहाज नियन्त्रणमा लिएको हो । पछिल्लो एक हप्तामा उत्तर कोरियाले दुई वटा परमाणु अस्त्र परीक्षण गरेपछि अमेरिका पनि आक्रामक भएको हो । 

उत्तर कोरियाको छोटो दूरीको प्रक्षेपण परीक्षणप्रति विश्लेषकहरुले अमेरिकामाथि दवाव बढाउन उक्त कदम चालिएको हुन सक्ने बताइरहँदा अमेरिकाले त्यसको बदलामा विमान नै नियन्त्रणमा लिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ