arrow

वास्तविक जीवनमा नाता रहेका बलिउड स्टार

बलिउडमा कसको आफन्त को पर्छन्

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
bollywood-actress.jpg

काठमाडौं । फिल्ममा कलाकारहरुको बीचमा विभिन्न किसिमको नाता पर्ने गरेको देखाइन्छ । वास्तविक जीवनमा भने उनीहरुको सम्बन्ध्को विषयमा धेरैलाई थाहा हुँदैन । यहाँ वास्तविक जीवनमा नै नाता भएका भारतीय सेलिब्रेटीहरु उल्लेख गरिएको छ ।

१. मोहनीश बहल –काजोल
मोहनीश बहल र काजोल भाइ बहिनी हुन् । उनीहरुका आमा आफ्नै दिदीबहिनी हुन् ।

२. इमरान हाशमी–आलिया भट्ट
आलिया भट्ट र इमरान हाशमीको बीचमापनि दाजुबहिनीको सम्बन्ध छ । आलिया भट्टका पिता इमरानका मामा हुन् ।

३. रणवीर सिंह–सोनम कपूर
सोनम कपूर र रणवीर सिंह नातामा दाजुबहिनी हुन् । रणवीरकी हजुरआमा र सोनम कपूरकी मामाघरकी हजुरआमा दिदीबहिनी हुन् ।

४. अर्जुन कपूर–कट्रिना कैफ
बलिउडका अभिनेता अर्जुन कपूर र कट्रिना पनि दिदीभाइ हुन् । उनीहरुले बलिउडमा आएपछि कट्रिनाले अर्जुनलाई आफ्नो भाइ मान्ने गरेकी छिन्।

५. ऐश्वर्या राय बच्चन–सोनू सूद
ऐश्वर्या र सोनूले पनि एकअर्कालाई दिदीभाइ मानेका छन् । उनीहरुले फिल्म जोधा–अकबरमा दिदीभाइको अभिनय गरेका थिए । त्यतिबेलादेखि नै उनीहरुले एकअर्कालाई दिदीभाइ मान्छन् ।

६. प्रेम चोपडा–राज कपूर
प्रेम चोपडा र राज कपूरको बीचमा पनि नजिकको सम्बन्ध छ । प्रेम चोपडाकी पत्नी र राजकपूरी पत्नी दिदीबहिनी हुन् ।

७. काजोल–रानी मुखर्जी
मोहनीश बहलका साथै काजोलको रानी मुखर्जीसँथ पनि नजिकको नाता छ । काजोलका पिता र रानीका पिता सानोबुबा ठूलो बुबाका छोरा हुन् । यो अर्थमा यी दुईको बीचमा पनि दिदीबहिनीको सम्बन्ध छ ।


 
८. तब्बू–शबाना आजामी
तब्बू र शबानाको बीचमा नाता छ । शबाना आजमीका भाइ जमाल हाशमी तब्बूका पिता हुन् ।

९. लता मंगेशकर–श्रद्धा कपूर
लता मंगेशकर र आशा भोसले श्रद्धा कपूरका मामाघरको हजुरबा सानोबुबा र ठूलोबुबाका छोराछोरी हुन् । यस अर्थमा श्रद्धा लता मंगेशकरकी नातिनी पर्छिन् ।


 
१०. गोविन्दा–सौम्या सेठ
गोविन्दा र टीभी नायिका सौम्या सेठको बीचमा पनि नाता पर्छ । गोविन्दाका भतिजा कृष्णा अभिषेक र सौम्या सानोबुबा ठूलोबुबाका छोरी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ