arrow

वास्तविक तथ्यांक राख्न प्रदेश सरकारलाई प्रदेश प्रमुखको सुझाव

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
kayestha.JPG

बिरगंज। प्रदेश नम्बर दुईका प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशमा रहेका रोजगार, बेरोजगार, स्वास्थ्य, शिक्षा, उद्योग कलकारखाना सबैको वास्तविक तथ्यांक राख्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

प्रदेश नम्बर दुई का सरकार र निजी क्षेत्र सल्लाहकार समितिको बिरगंजमा चलिरहेको बैठकमा प्रदेश प्रमुख कायस्थले सो कुरा बताए । प्रदेश प्रमुख कायस्थले वास्तविक तथ्यांक सँकलन गरी विभिन्न कार्यक्रमहरु निति निर्माणका लागि तयार पार्न समेत सुझाव दिए  ।

साथै प्रदेश प्रमुख कायस्थले   निति निर्माण तयार गरी विकासका कुन कुन पक्षलाई कसरी कार्यान्वयन  गर्दै लैजाने बिषयमा उचित निर्णय गरी प्रदेशमा विकासका कार्यहरुलाई अगाडी बढाउँदै लै जानु पर्ने धारणा राखे ।

त्यस्तै कार्यक्रममा बोल्दै मुख्यमन्त्री मोहम्मद लाल बाबु राउतले यस प्रदेश भित्र उद्योग तथा कलकारखाना सँचालन गर्न चाहनेलाई लिजमा जग्गा उपलब्ध गराई २० बर्षसम्म कर निःशुल्क गरिने बताए ।

भैतिक पुर्वाधार  मन्त्री जितेन्द्र सोनलले उद्योग धन्दा , कल कारखाना संचालन एवँ व्यवस्थापनमा सँघिय सरकारबाट कुनै किसिमको सहयोग प्राप्त हुन नसकेको भन्दै गुनासो पोखेका छन् ।

सो कार्यक्रममा प्रदेशका दक्ष युवाशक्ति विदेशिनु परेको भन्दै चिन्ता व्यक्त गर्दै अधिकांश सहभागीले विदेशबाट आएका दक्ष जनशक्तिबाट स्वदेशमा रहेका युवाहरुलाई सिप सिकाएर प्रदेशमै रोजगार सिर्जना गर्नुपर्ने धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ