arrow

इन्टरनेट सुविधासँगै रत्नपार्क आगमनमा वृद्धि

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
Wifi-Hotspots.gif.gif
काठमाडौँ। रत्नपार्कमा इन्टरनेट सुविधा सुरु भएसँगै शनिबार मात्र रत्नपार्कमा अवलोकन गर्न आउनेको सङ्ख्या २०० ले वृद्धि भएको छ ।
 
काठमाडौँ महानगरपालिका, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीका अनुसार अन्य शनिबारको दिन एक हजारसम्म अवलोकनकर्ता आउने गरेकामा यही चैत ६ गते शनिबारदेखि इन्टरनेट सुविधा थपिएपछि अन्य दिनको तुलनामा वृद्धि भएको हो । अवलोकनकर्ताको सङ्ख्या वृद्धि भएसँगै आम्दानीमा पनि वृद्धि भएको छ ।
 
सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै गत शुक्रबार साँझदेखि वाइफाइ सेवा विस्तार गरिए पनि सर्वसाधारणले शनिबारदेखि मात्र प्रयोग गर्न पाएका थिए । “रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गरिएको हो” प्रमुख केसीले भन्नुभयो ।
 
एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको उद्यानमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्छन् । इन्टरनेटको सुविधासँगै उद्यान अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइले अपेक्षा गरेको छ । उद्यानको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ