arrow

धनकुटालाई पुनर्जीवन दिन प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
dhankuta3.JPG

धनकुटा । धनकुटालाई बचाउनका लागि शुक्रबार धनकुटेलीहरुले विभिन्न मागहरु पुरा गर्नका लागि प्रधानमन्त्री तथा मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पठाएका छन ।

धनकुटालाई राजाधानी नबनाई धनकुटालाई समाप्त गरेको भन्दै धनकुटामा मेडिकल कजेल लगायत धनकुटालाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको हव बनाई धनकुटालाई पुन जिवन्तता दिनका लागि प्रधानमन्त्री केवी शर्मा ओली र मुख्यमन्त्री शेरधन राई लाई जिल्ला प्रशासन कार्यालय मार्फत धनकुटा बचाउन अभियान र धनकुटा प्रादेशिक राजधानी अभियान समितिले ज्ञापन पत्र पठाए को हो ।

ज्ञापन पत्र  धनकुटा राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठ, पत्रकार महासंघ धनकुटाका अध्यक्ष तथा राजधानी बचाउन अभियानका संयोजक राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाल नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई ले हस्ताक्षर गरी उक्त ज्ञापन पत्र धनकुटकाका निमित्त प्रमुख जिल्ला अधिकारी सुधिर साफिलाई बुझाई पठाएका हुन् ।

 धनकुटालाई जिवन्त बनाउनका लागि तत्काल धनकुटामा मेडिकल कजेल स्थापना गर्नु पर्ने लगायत धनकुटामा यएरपोर्टको निर्माण,प्रदेश स्तरीय विश्वविद्यालय, सिटिई भीटी,श्रम,यातायत,पर्यटन,कर,स्टाफ कजेल कार्यालयको स्थापना गर्नु पर्ने माग प्रधानमन्त्री तथा मुख्यमन्त्री समक्ष पठाइएको अभियान्त विजय सन्ताषी राईले वताए ।

यसैगरी अधिकार सम्पन्न यातायतको कार्यालयको स्थापना लगायत उत्तरपानी  प्राविधिक शिक्षालाई र कृषि क्याम्पस पाख्रिवासलाई स्तर उन्नती गर्नु पर्ने पोलिटेक्नि इन्स्टिच्यूटको स्थापना गर्नु पर्ने लगायतका महत्वपूर्ण मागहरु पुरा गराउनका लागि ज्ञापन पत्र पठाएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष तथा धनकुटा बचाउ अभियानका संयोजक राजेश्वर वहादुर श्रेष्ठले वताए।

 धनकुटालाई मृत शहरबाट जिवन्त बनाउन प्रस्तुत गरिएका मागहरु तत्काल पुरा नगरिएमा सशक्त आन्दोलन गर्न बाध्य हुने धनकुटा प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ