arrow

चेन्नाई आठौं पटक आइपिएलको फाइनलमा, दिल्ली बाहिरियो

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
ipl-19-channi.jpg

काठमाडौं। चेन्नाई सुपर किङ्स आइपिएल टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नाई फाइनलमा पुगेको हो। १ सय ४८ रनको विजयी लक्ष्य चेन्नाईले १९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो । फाफ डु प्लेसिस र सेन वाट्सनले समान ५०–५० रन बनाउँदै चेन्नाईलाई जिताए । 

दुवैबीच पहिलो विकेटका लागि ८१ रनको साझेदारी भएको थियो। यसअघि, विशाखापट्नममा भएको खेलमा टस जितेर चेन्नाईले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दिल्लीले ९ विकेटको नोक्सानीमा १ सय ४७ रन बनायो।

ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन बनाए । दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २–२ विकेट लिए। दिल्ली अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन। आइपिएलको १२ औं संस्करणसम्म आइपुग्दा चेन्नाई आठौं पटक फाइनलमा पुगेको छ। चेन्नाईले फाइनलमा मुम्बई ईन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। मुम्बई र चेन्नाईबीच फाइनलमा चौथोपटक भेट हुँदैछ । पहिलो क्वालिफायरमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो। फाइनल खेल आइतबार हुँदैछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ