arrow

व्यापार वार्तामा ‘धैर्य नगुमाउन’ ट्रम्पको चीनलाई आग्रह

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
china-US-trade-war.jpg

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्तामा धैर्य बन्न आग्रह गरेका छन्। अमेरिकाले चिनियाँ उत्पादनमा मूल्य वृद्धि गरेको र चीनले पनि यसको उचित जवाफ दिने बताइरहँदा अमेरिकी राष्ट्रपतिले व्यापार विवादबारे हतार गर्नु आवश्यक नरहेको बताएका छन्।
 
अमेरिकाले चीनबाट आयात गर्ने सामानमा २ खर्ब अमेरिकी डलर बराबरको भन्सार करलाई १० प्रतिशतदेखि २५ प्रतिशतसम्म बढाएपछि चीनले शुक्रबार अमेरिकाको सो कारवाहीसम्बन्धी वक्तव्य प्रकाशित गरेको छ। सो वक्तव्यमा अमेरिकाले यस्तो कारवाही गरेकोमा चीनलाई अफसोस लागेको र चीनले बाध्य भएर जवाफी कदम चाल्ने जनाइसकेको छ।

११ औं चीन–अमेरिका आर्थिक उच्चस्तरीय वार्ता हालै अमेरिकी वासिङ्टनमा चलिरहेको छ। अमेरिकाले चीनसँगै एउटै दिशातिर अघि बढ्दै साझा प्रयासमार्फत सहयोग तथा छलफलका माध्यमबाट विद्यमान समस्याको समाधान गर्ने आशा चीनले लिएको सो वक्तव्यमा उल्लेख गरिएको छ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच एक बर्षदेखि व्यापार वार्ता चलिरहेकोमा बिहीबार रातिदेखि उनीहरूबीच सौदाबाजी चलिरहेको छ। अमेरिकामा चलिरहेको वार्तामा चिनियाँ उप–प्रधानमन्त्री लिउ हे, अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर र अमेरिकी वित्तमन्त्री स्टेभेन मनुचिनले दुईपक्षीय वार्ताको नेतृत्व गरिरहेका छन्।

चीनसँगको वार्ता निकै सौहाद्रपूर्ण ढङ्गबाट अघि बढिरहेको छ। निश्चयपनि हतारमा दगुर्नु आवश्यक छैन। किनकी चीनले अमेरिकालाई कर बुझाइरहेको छ,” ट्रम्पले शुक्रबार गरेको ट्वीटर सन्देशमा बताए। तर उनले करबारे व्यापारबार्ताबाट सम्झौता हुनुपर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ