arrow

महिला आइपिएल टी–२० को उपाधि सुपरनोभासलाई 

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
supernovas.jpg

काठमाडौं । भारतमा भएको आइपिएल महिला टी–२० च्यालेन्ज क्रिकेटको उपाधि सुपरनोभासले जितेको छ । 

शनिबार राति भएको फाइनलमा भेलोसिटीलाई ४ विकेटले पराजित गरेर सुपरनोभासले उपाधि जितेको हो । 

जयपुरमा भएको खेलमा भेलोसिटीले पहिले ब्याटिङ गर्यो । भेलोसिटीले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा एक सय २१ रन बनायो । 

सुश्मा वर्माले ३२ बलमा नटआउट ४० रन बनाइन् । अमेलिया केरले ३६ रन बनाइन् भने कप्तान मिथाली राजले जम्मा १२ रन जोडिन् । 

जवाफमा सुपरनोभासले ६ विकेटकै नोक्सानीमा जित पायो । हरमनप्रित कौरले ३७ बलमा ५१ रन बनाइन् । 

ट्रेलब्लाजर्ससमेत गरी टीन टोलीले सहभागीता जनाएको प्रतियोगितामा हरमनप्रित  प्लेयर अफ द फाइनल म्याच भइन् भने जामिनाह रोड्रिग्वेज प्लेयर अफ द सिरिज भइन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ