arrow

प्रिमियर लिगमा आइतबार ७ः४५ मा एकैपटक १० खेल

 उपाधि छिनोफानो हुँदै, सिजन सकिँदै

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
epl1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको आइतबार राति यो सिजन सकिँदैछ । अन्तिम चरणका सबै १० खेल हुँदैछन् । बेलुकी ७ः४५ एकैपटक सबै खेल हुँदैछन् । 

ब्राइटन एण्ड होभ आल्बियनले म्यान्चेस्टर सिटीसंग, बर्नलीले आर्सनलसंग, क्रिस्टल प्यालेसले एएफसी बर्नमाउथसंग, फुल्हमले न्यूकासल युनाइटेडसंग, लेस्टर सिटीले चेल्सीसंग, लिभरपुलले वुल्भरह्याम्पटन वान्डेरर्ससंग, म्यान्चेस्टर युनाइटेडले कार्डिफ सिटीसंग, साउथ ह्याम्पब्राइटन एण्ड होभ आल्बियनले म्यान्चेस्टर सिटीसंग, बर्नलीले आर्सनलसंग, क्रिस्टल प्यालेसले एएफसी बर्नमाउथसंग, फुल्हमले न्यूकासल युनाइटेडसंग, लेस्टर सिटीले चेल्सीसंग, लिभरपुलले वुल्भरह्याम्पटन वान्डेरर्ससंग, म्यान्चेस्टर युनाइटेडले कार्डिफ सिटीसंग, साउथ ह्याम्पटनले हडर्सफिल्ड टाउनसंग, टोटनह्याम हट्सपरले एभर्टनसंग र वाट्फोर्डले वेष्टह्याम युनाइटेडसंग खेल्दैछ । 

अंक तालिकामा म्यान्चेस्टर सिटी ९५ अंकबाट शीर्ष स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ९४ अंक छ । तेस्रो स्थानको चेल्सीको ७१, चौथो स्थानको टोटनह्यामको ७०, आर्सनलको ६७ र म्यान्चेस्टर युनाइटेडको ६६ अंक छ । 

सिटीले हार्यो भने ब्राइटन र लिभरपुल हार्यो भने वुल्भस जाइन्ट किलर बन्न सक्नेछ । यो खेलले उपाधिको छिनोफानो गर्नेछ । 

कार्डिफ सिटी, फुल्हम र हडर्सफिल्ड टाउन रेलिगेशनमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ