arrow

देश प्रेम र संकटमा परेको राष्ट्रियता

logo
डा. राजन किशोरी के.सी,
प्रकाशित २०७६ वैशाख २९ आइतबार
nepal-flag-2.jpg.jpeg

मेरो पुर्खाको विरताले आर्जेको मेरो देश, कहिल्ये नझुकेको चन्द्र - सुर्य र स्वतन्त्रता दिवस नमनाएको मेरो देश , ढुंगाको कापलाई फोरेर उम्रने वर र पिपलको छाहरीले सितल दिने मेरो देश । गायत्री मन्त्रको उदमस्तिहल भएको मेरो देश , सभ्यता र सस्कृतिको धनि मेरो देश । हो म गर्वको साथ् भन्छु मेरो देश मलाई लाग्छ सबै भन्द प्यारो । म मानिस हु, म पहाडी, मधेसी, हिमाली हु , यो देशको माटोको कर्ण हु , तर पनि म नेपाली हु। देशप्रतिको माया येति धेरै अपार हुन्छ, त्यो कहिल्य पनि मर्दैन । साच्चै भन्नुपर्दा आफ्नो जन्मभूमि को माया कतिलाग्छ भने लडाईको मैदानमा होमिएको सिपाहीलाई कि त बिदेशिएका जुनसुकै नेपालीलाई सोध्यो भने थाहाहुन्छ सायद त्येहीभएर होला हामी जता गएपनी हाम्रो मुटुमा देशप्रेम हटेको हुदैन ।

अहिले ,सच्चा देशभक्ति नेपालीहरुको अस्तित्वो हराउदैछ, राष्ट्लाई कमजोर पार्ने शक्तिहरु सलबलाई रहेका छन् । राष्ट्रिय एकता कुण्ठित भएको छ र सद्भाव हराउदै गएको छ । आज हाम्रो राष्ट्र , राष्ट्रियता र स्वाभिमानलाई ठेस पुराउने काम गरिरहेका छन् र तिनैले खोक्रो राष्ट्रियता देखाउदै हिडेका छन् । राष्ट्रको गरिमा, स्वाभिमान र संवेदनशीलता बुझिदिने कोहि पनि भएनन्। जताततै चोरी ,लूट, भ्रष्टाचार, घुसखोरी, कृपाबाद, परिवारबाद ,माफिया आदिको हालीमुहाली देखिन्छ ।

त्यसैगरी हत्या, हिंसा, बलात्कार जस्ता अपराधहरु दिनका दिन बढिरहेको छन् । पैसा र पहुच हुनेहरुले त् नियमकानुन नै किनिदिनछन् ।आम मानिसहरु कामकाजको लागि सरकारी कार्यालय धाउदा बाटो बाटोमा बिचौलियाहरुको बिगीबिगी देखिन्छन । बालुवाटार, टुडीखेल, कालिगण्डकी धमाधम भू-माफियाको कब्जामा गएको देखिन्छ । अझ भन्नुपर्दा बिदेशीहरुलाई नागरिकता बाडेर हामी नेपालीहरुलाई अल्पमत पार्ने अवस्था आएको देखिन्छ,जुन हाम्रो रास्ट्रको लागि घातक कुरा हो ।

 यस्तो लाग्छ कि यो देशको साचो कसको हातमा छ? राज्य कहाँबाट संचालित छ ? हो यो म जस्ता लाखौ युवाहरुको आक्रोश हो , कसको ठेक्कामा बनेको देश हो यो ?  हामी येस्तो देशमा बसेका छौ जहाँ कुनै बिदेशी आएर हामीलाई हाम्रो राष्ट्रियता सम्झाईदिनु पर्ने, हाम्रो जल,जडिबुटी ,बिधुत , कृषि, खनिज, पर्यटन आदि को उपयोग र त्यसले पार्ने परिबर्तन अनि समृद्धिको बारेमा बताइदिनु पर्ने कस्तो बिडम्बना हो यो ? देशको प्राकीर्तीक स्रॊत -साधन , उर्वरहा भूमिको उपयोग अनि व्यबेस्था गर्न नसक्नेहरुले के को राष्ट्रियता रस्वाभिमान ? आफ्नै नागरिकको रगत र पसिना बेचेर पठाएको रेमित्यंसले ( remittance ) धानी रहेको छ यो देश ।

 राष्ट्रप्रेमी नौजवान युवाहरुको जोश- जागर ,क्षमता र सीपलाई देशको नवानिर्मार्ण कार्यमा परिचालनगर्न नसक्नुले आज लाखौ युवाहरु बिदेशिन बाध्य भएकाछन् । करिब८०-८५ लाख जनसंख्या देशबाट पलायन भैसकेका छन् तिमध्य्ये कोहि खाडीमा पसिना बगाईरहेका छन् र दैनिक ७-८ वोटा लाश आईरहेका छन् , कोहि अध्ययन र जीवन यापनको लागी बिकसित देशमा बसिराका छन् भने कोहि ब्रिटिश, इन्डियन र अमेरिकन आर्मीमा भर्ती भएका छन् । सदियौ देखि हामी नेपाली नचहादा नचहादै पनि अरुको लागि मात्र प्रयोग भएका छौ । आज हरेक ब्रिदा बुवा आमा ले आफ्ना सन्तान कहिल्य नेपाल फर्कान्छान भनेर कुरेर बसिरहेको अवस्था छ ।

यो देशको भौगालिक , सामाजिक,सास्कृतिक ,आर्थिक, राजनीतिमाथी बाहिर्या शक्तिले बारम्बार हस्तछेप गरीरहेका छन् । हाम्रा भूभागहरु दिनका दिन गुमिरहेका छन् , हाम्रा नदी नाला , ठुला ठुला आयोजनाहरु एकतर्फी मात्र सौदाबाजी भैरहेका छन् ।येस्तो देख्दा कुन नेपालीको मन नदुख्ला, छाती छिया -छिया कसो नहोला ,आँखाबाट आसु किन नबग्ला , कसको जिउ सिरिङ्ग नहोला ?? सायद हाम्रो आफ्नै ब्यबहार, परनिर्भरता ,गरिबी , कमजोर शासन प्रणाली ,कमजोर सुरक्षा र परराष्ट्र नीति ,असपस्ट कानुनले गर्दा छिमेकीको हेपाई खानु परिरहेको छ। येस्तै चलिरह्यो भने एकदिन यो देशको बेचिएला भन्न नसकेला ? अब प्रत्येक नेपालीहरुले छातीमा हात राखेर आफ्नो भावी सन्ततिको भविस्यको लागि सोच्नु पर्ने अवस्था आएको छ ।

देश आज ऋणमा डुबेको छ , प्रत्येक नेपालीको टाउकोमा ऋण थुप्रिदै गएकोछ । त्यहि पनि गरिब र धनी बीचको खाडल उतिकै छ , गरिब लाई बिहानको खाएर बेलुका के खाने भनेर छाक टार्न गाह्रो छ । ग्रामिण भेगमा शिक्षा र स्वास्थ्यका अवाश्यक पूर्वाधार पुग्नसकेको छैन। महंगी , बेरोजगारी, कालोबजारी, प्रदूषण , अस्थबेस्थ सार्बजनिक यातयात आदिको नियेंत्रण हुन सकेको देखिदैन । आधुनिक कृषि प्रणाली , ब्यबेस्थित बजारीकरण, वैदेशिक लगानीको सुरक्षा , पुरानो तथा नया उद्योग संचालनको क्षेत्रमा सहि वातावरण बनाएको पनि खासै देखिदैन । पूर्णनिर्माणका कामहरु सुस्त गतिमा हिडिरहेका छन् ।

कुनै बेलाका अमेरिकाको राष्ट्रपति अभ्राम लिंकनले भनेका थिए - देशले तिमीलाई के दियो भनेरनसोच , तिमीले देशका लागि के गर्यौ भनेर सोच। आफ्नो जन्मभूमिनै सर्वश्रेष्ठ हो । अब नेपाल आमाका हरेक राष्ट्र प्रेमी नेपालीहरुले रास्ट्रको लागि सोच्नु र गर्नु पर्नेबेला आएको छ, अहिलेको अवाश्यकता भनेको राष्ट्रियता हो ।

( के.सी हाल चीनमा प्रसुति तथा स्त्री रोग विशेषज्ञ शिक्षा अध्यनरत छन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ