arrow

इंगलिश प्रिमियर लिग म्यान्चेस्टर सिटीलाई, लिभरपुललाई पीडा, कुन टिम कतिऔं स्थानमा ?

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
man-city11.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लगातार दोस्रो पटक म्यान्चेस्टर सिटीले उपाधि जितेको छ । लिगको अन्तिम खेलमा आइतबार राति ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । 

Aymeric Laporte headed Manchester City into the lead for the first time on Sunday afternoon on their way to securing the title

सिटीलाई ब्राइटनको मैदानमा जिताउन सर्जियो अगुएरो, आइमेरिक लापोर्ते, रियाद महरेज र इल्काये गुन्डोगानले १–१ गोल गरे । 

Ilkay Gundogan wheels off in delight as he celebrates his excellent free-kick that confirmed City would be champions again

ग्लेन मुरेले खेलमा ब्राइटनका लागि सुरुआती अग्रता दिलाएका थिए । सिटीले जितसंगै ९८ अंकसहित उपाधि जितेको हो । 

Glenn Murray could only head an effort over the bar after finding a few inches of space in the City box in the first-half

दोस्रो स्थानको लिभरपुलले ९७ अंकसहित उपविजेतामै चित्त बुझायो । लिभरपुलले अन्तिम खेलमा लिभरपुलले वुल्भरह्याम्पटनलाई घरेलु एन्फिल्डको मैदानमा २–० को गोल अन्तरले हरायो । 

Sadio Mane converted from close range at the back post to fire Liverpool into the lead against Wolves at Anfield

लिभरपुललाई जिताउन सादियो मानेले दुवै गोल गरेका थिए । तर यो जितले लिभरपुललाई उपाधि दिलाउन सकेन । 

Mane wheels away in celebration after scoring a potentially vital goal for Liverpool and continuing his superb season

७२ अंकसहित तेस्रो स्थानमा रहेको चेल्सीले अन्तिम खेलमा लेस्टर सिटीसंग गोलरहित बराबरी खेल्यो । 

चौथो स्थानको टोटनह्यामको ७१ अंक रह्यो । टोटनह्यामले अन्तिम खेलमा घरेलु मैदानमा एभर्टनसंग २–२ गोलको बराबरी खेल्यो । 

पाँचौं स्थानको आर्सनलको ७० अंक भएको छ । आर्सनलले अन्तिम खेलमा बर्नलीलाई ३–१ गोल अन्तरले हरायो । 

निकै उतारचढावम अल्झिएको म्यान्चेस्टर युनाइटेडले अन्तिम खेलमा पनि २–० गोल अन्तरले पराजित हुँदै ६६ अंकसहित छैटौं स्थानमा रह्यो । 

वोल्भस सातौं, एभर्टन आठौं, लेस्टर नवौं, वेष्ट ह्याम दशौं, वाट्फोर्ड ११ औं, क्रिस्ल १२ औं, न्युकासल १३ औं, बर्नमाउथ १४ औं, बर्नली १५ औं, साउथह्याम्पटन १६ औं र ब्राइटन १७ औं मा रहेर अर्को सिजन पनि प्रिमियर लिग नै खेल्न पाउने भयो । 

१८ औं स्थानको कार्डिफ, १९ औं को फुल्हम र पुछारको हडर्सफिल्ड रेलिगेशनमा परेका छन् । 

Jurgen Klopp was a calmer figure than usual on the sidelines but allowed himself a moment of celebration when Mane struck



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ