arrow

ओलीले कार्यवाहक तोकेका बामदेवले स्थायी समितिमा के गर्दै छन् ?

गच्छदार फेरि कार्यवाहक सरकार प्रमुख

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
bamdev-gautem.jpg.jpeg
काठमाडौं । जम्बो टोली बोकेर आठ दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अनुपस्थितिमा पार्टीको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई तोकेका छन् । यस्तै, सरकारको जिम्मेवारी फेरि उपप्रधान तथा निर्माण मन्त्री विजयकुमार गच्छदारलाई दिएका छन् । 
 
गच्छदारले यसअघि भारत भ्रमण ताका कार्यवाहकको जिम्मेवारी पाएका थिए । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी पाएपछी गच्चदारले मधेसी मोर्चाका नेताहरुलाई थर्काएका थिए । गणतान्त्रिक मुलुक चीनको औपचारिक भ्रमणमा जानुपूर्व ओलीले उपाध्यक्ष गौतमलाई कार्यवाहक तोकिएको पत्र थमाएका थिए । ओली चैत १४ गते मात्रै स्वदेश फर्किने छन् ।
 
ओलीको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष गौतमले पार्टी स्थायी समितिमा विभागहरुको पूर्णता तथा केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयनसम्बन्धी गृहकार्य गर्ने छन् । त्यससम्बन्धि अन्तिम निर्णय भने ओली आफैले गर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ