arrow

विश्वको सबैभन्दा तीव्र गतिको रेल ल्याउँदै जापान

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख ३० सोमबार
bullet_train.png

काठमाडौं । जापान अनुसन्धान तथा नयाँ आविष्कारको मामिलामा विश्वभर चर्चित छ । यसैबीच जापानले विश्वको सबैभन्दा छिटो कुद्नसक्ने बुलेट रेल सार्वजनिक गरेको छ । यो रेल सन् २०३० बाट सञ्चालनमा आउनेछ । 

१०  ओटा डब्बा हुने यो रेलको उच्च गति ३ सय ६० किलोमिटर प्रतिघण्टाको रहनेछ । यसको सबैभन्दा अगाडिको भाग ७२ फिट लामो छ । यो बुलेट रेललाई लिगमा राख्नुभन्दा पहिला ३ वर्षसम्म परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका साथै अहिले जापान बुलेट रेलको सञ्जाल बढाउने विषयमा पनि काम गरिरहेको छ । 

यो सञ्जालमा जापानको उत्तरी होक्काइडोको मुख्य सहर साप्पोरोलाई पनि टोकियोसँग जोडिनेछ । यी दुई सहरको बीचको दूरी करिब १ हजार १ सय ६३ किलोमिटर छ । यदि उच्च गतिमा यो रेल दौडिने हो भने टोकियोदेखि साप्पोरोसम्मको यात्रा केवल साढे चा घण्टामा गर्न सकिन्छ । 

उच्च गतिको रेलको लागि केही महत्वपूर्ण प्रविधिको साथै एयर ब्रेकका साथै पारम्पारिक ब्रेकको पनि प्रयोग गरिएको छ । यसको लिगको आसपासमा म्याग्नेटिक प्लेट्सको प्रयोग गरिने छ । 

यसमा यस्तो प्रविधिको प्रयोग गरिनेछ, जसको कारण यसमा भूकम्पको कुनै पनि असर पर्नेछैन । यसलाई विशेष किसिमले तयार पारिनेछ, जसका कारण यसबाट निस्किने आवाज र चापलाई पनि नियन्त्रणमा राख्न सकिन्छ । 

अहिलेसम्म विश्वको सबैभन्दा तीव्र गतिको बुलेट रेल जापान र फ्रान्ससँग छ । यसको अधिकतम गति ३ सय २१ किलोमिटर प्रतिघण्टाको रहनेछ । फ्रान्स र इंगल्याण्डलाई जाड्ने रेलमार्ग यूरोस्टारको अधिकतम गति २ सय ९७ किलोमिटर छ । त्यसबाहेक अन्य साधन १ सय किलोमिटर प्रतिघण्टाभन्दा छिटो चल्न सक्दैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ