arrow

चीनले बनायो अल्ट्रा–लङ रेन्जको एआई क्यामेरा, जसले खिच्छ ४५ किलोमिटर टाढाको फोटो 

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख ३० सोमबार
camera.jpg

काठमाडौं। चिनियाँ अनुसन्धानकर्ताले नयाँ क्यामेरा प्रविधि विकास गरेका छन् । उनीहरुले अहिले विकास गरिएको यो क्यामेरा प्रविधिको प्रयोग गरी ४५ किलोमिटर टाढाको फोटो खिच्न सकिन्छ । 

कृत्रिम बौद्धिकता (एआई)मा आधारित रहेर निर्माण गरिएको यो क्यामेरामा लाइट डिटेक्शन रेन्जिङ प्रविधिको पनि प्रयोग गरिएको छ । यसले ठूलो आकारको वस्तुको पनि तस्वीर लिन सक्छ । 

चिनियाँ शोधकर्ता जेङ पिङ लीले सार्वजनिक गरेकाके एक जर्नल एआरएक्सआईभीका अनुसार यो क्यामेरा प्रविधिमा लेजर इमेजिङ र एडभान्स एआई सफ्टवेयरको प्रयोग गरिएको छ । जसको कारण वातावरणमा रहेको धुवाँ, तुवाँलो र अन्य प्रदूषणका बीच स्पष्ट फोटो खिच्न सक्छ । 

यसमा लाइट डिटेक्हन एण्ड रेन्जिङ (लाइडर) प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधि यसअघि पनि धेरै क्यामेरामा प्रयोग गरिएको छ । शोधकर्ताका अनुसार नयाँ सफ्टवेयरले प्रतिद्वन्द्वीलाई निकै पछाडि छाडेको छ । 

यसमा गेटिङ सफ्टवेयरको प्रयोग गरिएको छ । यसले वस्तु र क्यामेराको बीचमा आउने अन्य अवरोधलाई छाडेर फोटोनलाई पनि वेवास्ता गर्न सहयोग गर्नेछ । 

वस्तु र क्यामेराको दूरी पत्ता लगाउन लेजरको प्रयोग गरिन्छ । यसले प्रकाश उक्त वस्तुमा ठोक्किएर क्यामेरासम्म आइपुग्न कति समय लाग्छ भन्ने कुराको जानकाकरी दिन्छ । साथै नयाँ सफ्टवेयरले क्यामेरालाई बाटोमा आउने अन्य वस्तुलाई कसरी वेवास्ता गर्ने भन्ने जानकारी पनि दिन्छ । यो फिचरले क्यामेरालाई विशेष दूरीको फोटो लिने अनुमति प्रदान गर्नेछ । 

त्यसका साथै यसको फाइदा क्यामेरा इन्फ्रारेड लेजरलाई १ हजार ५ सय ५० नानोमिटरको वेबलेन्थमा उपयोग गर्नका लागि हुने बताइएको छ । प्रतिवेदनअनुसार यो वेबलेन्थले क्यामेराको प्रयोग सुरक्षित बनाउनमा सहयोग गर्नुका साथै मानिसको आँखालाई पनि सुरक्षित राख्न सहयोग गर्ने बताइएको छ । यसले तस्वीरलाई पनि सोलार फोटोनबाट बचाउँछ । जसको कारण तस्वीर खराब हुने सम्भावना हुन्छ । 

शोधकर्ताका अनुसार यो प्रविधिको प्रयोग निगरानी र रिमोट सेन्सिङका लागि पनि गर्न सकिन्छ । यो प्रविधिलाई जुत्ताको बक्सको आकारमा राख्न सकिन्छ । यसलाई कुनै सानो विमान र स्वचालित सवारीसाधनमा पनि प्रयोग गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ