arrow

धार्मिक समूहबीच विवाद हुँदा श्रीलंकाभर कफ्र्यु

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
srilanka.png

कोलम्बो । श्रीलङ्काको उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसङ्ख्यक मुसलमान समुदाय र बहुसङ्ख्यक बुद्धमार्गी समूहबीच झडप भएपछि राष्ट्रव्यापी कफ्र्यु आदेश जारी भएको छ । 
    
 प्रहरी प्रवक्ता एसपी रुवान गुणशेखरका अनुसार प्रशासनले उत्तर पश्चिमी शहरहरू कुलियापिटिया, विङ्गीरिया, धुम्मलासुरिया, हेट्टिपोला, रसनायकापुर र कोवैगानेका नगर क्षेत्रमा सोमबार दिउसोदेखि शुरू भै मङ्गलबार ४ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको बताए ।

सोमबार भएका भडपमा मुसलमानहरूको धार्मिक आस्थाको केन्द्र मस्जिदहरूका कैयौँ सम्पत्तीहरूमा क्षति पुगेको एक प्रत्यक्षदर्शीले बताए । झडपपछि उक्त क्षेत्रमा थप हिंसाका घटना नहोस भन्नका लागि प्रशासनले उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पठाएको र थप अहिले स्थिति सामान्य बनिसकेको प्रहरीले बताएको छ । 
    
यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले एक विज्ञप्ति जारी गरी सवै समुदायलाई सम्यमित बन्न आग्रह गरेका छन् । विज्ञप्तिमा गलत तथा भ्रामक सूचनाबाट प्रभावित नबन्न र शान्त रहन आग्रह गरेका छन् । 

प्रधानमन्त्रीले भने, “सरकार तथा सुरक्षा निकायले नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको छ तर पनि हरबखत हिंसाका घटना देखिइरहेका छन् । यसको अनुसन्धान गरी नागरिकको सुरक्षाका लागि सरकार प्रतिवद्ध छ ।”   
  
सरकारले गलत सूचना सम्प्रेषण नहोस् भनी मुलुकमा सञ्चालनमा रहेका फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालहरूमा सोमबार विहानैदेखि अनिश्चित समयका लागि बन्द गरेको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ