arrow

तीन वर्षीया बालिकामाथि भएको दुष्कर्मपछि झडप, ५४ घाइते 

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
rape.jpg

काठमाडौं । तीन वर्षीया बालिकामाथि भएको दुष्कर्मपछिको झडपमा परी ५४ जना घाइते भएका छन् । 

जम्मू कश्मीरको बान्दीपोरामा ३ वर्षकी बालिकामाथि भएको दुष्कर्मपछि स्थानीयले उक्त स्थानमा हिंसात्मक प्रदर्शन गरेपछि उक्त घटना भएको हो । 

47 security personnel and 7 civilians injured in clashes in J-K

प्रदर्शनकारीले सुरक्षाबलमाथि ढुंगामुढा गरेका थिए । उक्त झडपमा ४७ जना सुरक्षाकर्मी घाइते भएका छन् । ७ प्रदर्शनकारी पनि घाइते भएका छन् । 

झडपमा घाइते भएका सबै जना खतराभन्दा बाहिर रहेको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार बारामुलाको मिरगुन्ड, चैनाबल, हरनाथ, झील ब्रिज लगायतमा प्रदर्शन भएको हो । 

कारगिल कस्बेमा बन्दको आयोजना नै भएको थियो । इमाम खोमेनी मेमोरियल ट्रष्टका उपाध्यक्ष शेख बैर शाकिरले सरकारले यस्ता घटनाका अपराधीलाई कडाभन्खा कडा सजाय दिनुपर्ने बताएका छन् । 

47 security personnel and 7 civilians injured in clashes in J-K

सुम्बल इलाकामा कथित तरिकाले तरिकाले तीन वर्षीया बच्चीमाथि दुष्कर्मको घटना भएको थियो । 

प्रहरीले यस मामलामा जाँचका लागि एउटा टिम बनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ