arrow

स्थानीय तहका जनप्रतिनिधिलाई विवाद समाधान तथा मानव अधिकार बिषयक अभिमुखीकरण

logo
सीता डोटेल, 
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
talim2.jpg

पाल्पा  । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा स्थानीय तहमा विवाद समाधान र मानव अधिकार सम्बन्धी २ दिने अभिमूखिकरण कार्यक्रम पाल्पाको रामपुरमा जारी रहेको छ । 

‘‘सबैका लागि घरघरमा मानव अधिकारः शान्ति र विकासको आधार’’ भन्ने नाराका साथ भएको कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले जनताको न्यायमा सहज पहुँच हुनुपर्ने बताए । 

संविधानले स्थानिय तहमा न्यायिक समितिको परिकल्पना गरेर समितिलाई अधिकार तोकिदिएको भन्दै पौडेलले भने, ‘समितिलाई मन मस्तिष्कबाट प्रभावकारी तरिकाले चलाएर न्यायोचित र मानव अधिकारको प्रत्याभुति दिलाउन सक्नुपर्दछ । काम गर्ने इच्छा हुँदाहुँदै ज्ञानको अभाव र स्रोत साधन तथा जनशक्तिको अभावमा न्याय सम्पादनमा समस्या अझै छ ।’ 

उनले भने, ‘समयमा राम्रो सेवा दिन अब पालिकाका उपप्रमुख र उपाध्यक्षहरुले आफैं संयोजक रहेको न्यायिक समितिलाई धोरै भएपनि बजेट छुट्याएर आम नागरिकलाई समयमा नै न्याय दिन सक्नुपर्दछ । राज्यले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तिनै अङ्गको जिम्मेवारी स्थानीय तहलाई दिएकाले मानव अधिकारको संरक्षणमा स्थानीय सरकार जिम्मेवार हुनुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं ५ का उपसचिव पवन भट्टले मौलिक हकको उपभोग संगै कर्तव्य पालनमा जोड दिदै स्थानीय न्यायिक समितिबाट विवाद समाधान गर्दा ध्यान दिनुपर्ने कानुनी र कार्यविधिका बिषयमा जानकारी दिए । उनले प्राकृतिक न्यायका आधारभुत सिद्धान्त तथा न्याय दिलाउने अबस्था र साक्षीका सुरक्षामा भएका अन्तर्राष्ट्रिय अभ्यासबारे सहजिकरण गरेका थिए । 

पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले कुन मुद्दा स्थानिय तहले हेर्ने भन्ने कुराको ज्ञान नहुँदा समिति हिच्किचाउनु पर्ने अवस्था रहेको भन्दै विवाद समाधानका लागि तालिमले थप सहयोग गर्ने अपेक्षा राखे । 

त्यस्तै निस्दी गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्यालले सरकारले प्रदान गरेको केहि दिनको तालिमले मात्र न्यायिक समिति अघि बढ्नुपर्ने अबस्थामा समस्या रहेको बताए । कार्यक्रममा मानवअधिकारका लागि नागरिक सञ्जालका छवि खनालले स्थानिय तहमा मानव अधिकार र नागरिकका कर्तव्यको बारेमा सचेतना जगाउनु आवश्यक रहेको बताए ।

पाल्पाको रामपुर नगरपालिका, पूर्वखोला र निस्दी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, न्यायिक समितिका सदस्य, दलित महिला सदस्य, न्यायिक समितिका प्रतिनिधि सहभागी कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द प्रसाद शर्मा, उपसचिव हरि प्रसाद ज्ञावली, सहसचिव नवराज सापकोटा, प्रदेश नं ५ का उपसचिव पवन भट्ट, डेगराज भट्टराई र मानवअधिकारका लागि नागरिक सञ्जालका छवि खनालले सहजिकरण गरेका छन् । 

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं ५ का उपसचिव पवन भट्टको अध्यक्षता, राष्ट्रिय मानव अधिकार आयोगका हरि प्रसाद ज्ञावलीको स्वागत र डेगराज भट्टराईको सञ्चालनमा अभिमुखीकरण कार्यक्रम चलेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ