arrow

रणवीर कपूरकी आमाले दिइन् दीपिकालाई विशेष उपहार, आलियाको यस्तो प्रतिक्रिया

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
dipika-rishi.jpg

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण हालै न्यूयोर्कमा ऋषि कपूरलाई भेटन पुगेकी थिइन् । ऋषि करीब ९ महिनादेखि न्यूयोर्कमा क्यान्सरको उपचार गराइ रहेका छन् ।

ऋषि क्यान्सर मुक्त भएपनि भारत फर्कन उनलाई अझै केहि  महिना लाग्नेछ । दीपिका अफ्नो पूर्व प्रेमि रणवीर कपूरका बुवा ऋषिसँग भटन पुग्दा आमा नीतू कपूरले उनलाई स्वागत गरिन् ।  

नीतू कपूरले दीपिकासँगको तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । तस्विर शेयर गर्दै नीतूले लेखिन् , 'दीपिकासँग एक शानदार साँझ' ।

सो तस्विरमा आलिया भट्टको पनि रिएक्शन आएको छ । आलिया आफै पनि ब्वाईफ्रेण्ड रणवीर कपूरका बुवालाई भेट्न न्यूयोर्क गइ रहन्छिन् । उनले नीतू कपूरको पोस्टलाई लाइक गरेकी छन् ।

 यस बाहेक ऋषि कपूरसँग भेटपछि दीपिका पादुकोणले पनि एक तस्विर शेयर गरिन् ।  सो तस्विर एक ब्रासलेटको हो जो उनलाई रणवीरकी बहिनि रिदि्धमा कपूरले गिफ्ट गरेकी छन् । रिदि्धमा कपूर एक ज्वलरी डिजाइनर हुन् ।   

जब रणवीर दीपिकासँग डेट गरिरहेका थिए सो समय नीतू कपूरले दीपिकालाई बिल्कुलै मन नपर्नउने अफवाह फैलिएको थियो । अब यी तस्विरबाट सो कुरालाई अफवाह मै सिमित गरेको छ । दीपिका र कट्रिना कैफसँग ब्रेकअपपछि रणवीर आलियासँग डेटमा छन् ।  

तीन नायिका बिच कुनै आपसी मनमुटाव भने छै‍न । तीनै बिच राम्रो सम्बन्ध रहेको छ । रणवीर पनि दुवै एक्स यानी दीपिका र रणवीर सिह सँग रमाइलो गर्दै भेटछन्  ।

आलिया र रणवीर आफ्नो आगामि चलचित्र 'ब्रह्मास्त्र' को सुटिङमा रहेका छन् । साथै दीपिका पनि आफ्नो चलचित्र 'छपाक' को सुटिङ सुरु गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ