arrow

'सरकार ज्ञानेन्द्र पथमा'

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
nidhi6.jpg

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार ज्ञानेन्द्र पथमा हिँडेको आरोप लगाएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले जसरी सत्ता हत्याउनका लागि प्रेसमाथि आक्रमण गरे सोही हिसाबले वर्तमान सरकार पनि ज्ञानेन्द्र पथमा हिँडेको उपसभापति निधीले आरोप लगएका हुन् ।

मंगलबार नेपाल प्रेस युनियन धनुषाले  जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रेस काउन्सिल छँदाछँदै त्यसलाई विस्थापित गरेर सञ्चार मन्त्रालयको शाखाको रुपमा मिडिया काउन्सिल बनाउन खोजेको आरोप लगाए । सञ्चार जगतलाई निषेध गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याएर बर्तमन सरकारले आफ्नो कब्जामा लिन चाहेको निधिले बताए ।

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र अक्षुणतालाई समाप्त पार्ने लोकतन्त्रविरोधी विधेयक रहेको उपसभापति निधीको तर्क थियो । प्रमुख सरोकारबला रहेका पत्रकारहरुसँग सल्लाह गरी प्रेस काउन्सिललाई थप स्वायत्त बनाउनुपर्ने स्थानमा  सरकारले निषेध गर्न खोज्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

उपसभापति निधिले भने, 'पत्रकारलाई जेल र जरिवाना गर्ने प्रावधान अधिनायकवादबाहेक अरु केहि हुन सक्दैन् , लोकतन्त्रविरोधी यस्ता कार्यको हामी विरोध गर्दछौं ।'

स्वतन्त्र प्रेसलाई बन्देज गर्ने गरी सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको लोकतन्त्रमा विश्वास राख्ने सबै दलले विरोध गर्नुपर्ने  उपसभापति निधीको भनाइ थियो ।

'सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको छ, उपसभापति निधीले भने, 'लोकतन्त्रमाथि विश्वास नगर्ने सरकारले पहिलो आक्रमण प्रेसमाथि गर्दछ । मिडिया काउन्सिलको नाउँमा सरकारले अहिले सोही नमूना प्रस्तुत गरेको हो ।’ पूर्वराजा ज्ञानेन्द्रले नागरिकको स्वतन्त्रता अन्त्यगर्न पहिलो आक्रमण प्रेसमाथि नै गरेको उपसभापति निधिले स्मरण गराए ।

निधिले भने, 'मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १ करोड रुपैयाँ सम्म जरिवाना तथा १५ वर्षसम्मको जेल सजायको व्यवस्था राख्नुले सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ