arrow

टुप्पी नकाटे सम्बन्धविच्छेद गर्छु भन्दै श्रीमतीले अदालतमा हालिन् मुद्दा

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
tuppi.jpg

काठमाडौं । भारतको मध्यप्रदेशमा श्रीमान्‌को टुप्पीको विषयलाई लिएर विवाद भएको छ । श्रीमान्‌ले आफ्ना आमाबुबाको निधनपछि आफ्नो टुप्पी राख्ने निर्णय गरेका थिए ।

उनले आफ्नो अन्तिम समयसम्म पनि टुप्पी नकाट्ने पक्षमा छन् । उनी ब्राह्मण परिवारका हुन् । दुई वर्षअघि सडक दुर्घटनामा परी उनका आमाबुबाको ज्यान गएको थियो । त्यसयता उनले टुप्पी राख्दै आएका छन् ।

अब भने उनलाई श्रीमतिले टुप्पी काट्न दबाब दिन थालेकी छिन् । यससँगै यो विषय अब अदालतसम्म पुगेको छ । अदालतमा दिएको निवेदनमा टुप्पी पालेको कारण उनका श्रीमान गाउँले जस्तो देखिएको उल्लेख गरेकी छिन् । उनका साथी तथा सम्बन्धीहरु उनको श्रीमानको खिल्ली उडाउने गरेको उल्लेख गरेकी छिन् ।

उनका श्रीमान एक्जिक्युटिभ इन्जिनियर हुन् । श्रीमती पनि एमबीए पास गरेकी महिला हुन् । उनीहरुको बीचमा सन् २०१६ फेब्रुअरी २ मा विवाह भएको थियो । टुप्पी राखेको कारण श्रीमान्लाई सबैले पण्डितजी भनेर बोलाउने गरेका छन् ।

श्रीमान भने जीवनभर टुप्पी नकाट्ने प्रण गरेका छन् । श्रीमतीले भने टुप्पी काट्नै पर्ने शर्त राखेकी छिन् । उनले टुप्पी वा सम्बन्ध्विच्छेद मध्ये कुनै एक रोज्नुपर्ने बताएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ