arrow

जासुसीमा सबैलाई पछि पारेकी महिला, जसको संग्रहालयबाटै चोरियो टाउको

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
jasus.jpg

काठमाडौं । सामान्य हिसाबमा जहिले पनि जासुसीको कुरा आउँछ, त्यतिबेला पुरुषको नाम अगाडि आउने गरेको छ । तर, धेरैलाई थाहा नहुन सक्छ कि जासुसीमा विश्वमा महिला अघि छन् । यस्तोमा यहाँ एक महिलाको जासुसीबारे वर्णन गरिएको छ । जासुसीमा अब्बल रहेकी यी महिलाको नाम माता हारी हो । विश्वमा महिला जासुसको नाम लिँदा उनको नाम सधैं अगाडि आउने गरेको छ ।
 
माता हारीको जन्म सन् १८७६ मा नेदरल्याण्डमा भएको थियो । तर, उनको परवरिश भने पेरिसमा भएको थियो । उनको वास्तविक नाम गेरत्रुद मार्गरेट जेले थियो । उनी जासुसका साथै राम्री नृत्यङ्गना पनि थिइन् ।

माता हारीले जासुसीको दुनियामा रहेर धेरै मानिससँग शारीरिक सम्बन्ध बनाएकी थिइन् । यो माध्यम विना गोप्य सूचना पाउने तरिका नरहेको कारण उनले उक्त सम्बन्ध बनाएकी थिइन् । धेरै मुलुकका ठूला सैन्य अधिकारीसँग पनि उनले नजिकको सम्बन्ध थियो ।

बीबीसीको रिपोर्टका अनुसार जर्मनीले प्रथम विश्वयुद्ध हुँदा माता हारीलाई पैसाको बदलामा जानकारी सार्वजनिक गरिदिने प्रस्ताव गरेको थियो । तर, उनलाई दोहोरो जासुस मानिन्थ्यो ।

स्पेन जाने क्रममा इंगल्याण्डको फालमाउथ बन्दरगाहमा बेलायती गुप्तचर संस्थाले हारीलाई गिरफ्तार गरेको थियो । फ्रान्स र बेलायती जासुसी एजेन्सीलाई उनी जर्मनीको लागि जासुसी गर्दै आएको आशंका थियो । यसको कुनै स्पष्ट सबुत नभए पनि दोहोरो एजेन्ट भएको आरोपमा उनलाई गोली हानी मृत्युदण्ड दिइएको थियो ।

माता हारीको मृत्युपछि उनको शव पेरिसको मेडिकल स्कुललाई दिइएको थियो । जसलाई चिरफारमा प्रयोग गरिएको थियो । पछि उनको अनुहार एनाटोमी म्युजियममा राखिएको थियो । तर, २२ वर्षअघि उनको अनुहार त्यहाँबाट गायब भएको थियो । उक्त अनुहार अहिलेसम्म भेटिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ