arrow

प्रेस युनियन मकवानपुरद्वारा सञ्चारमन्त्री बाँस्कोटाको कार्यक्रम बहिस्कार 

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
press-union-makawanpur.jpg

हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यक्रम बहिस्कार गरेको छ । प्रदेश ३ को राजधानी हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न हेटौंडा आएका सञ्चारमन्त्री बाँस्कोटा सहभागी भएको कार्यक्रमको प्रेस युनियनले बहिस्कार गरेको हो । 

नेपाल सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विद्येयक र संसदमा ल्याउने तयारी गरेको आमसञ्चार विद्येयकका विरुद्धमा मन्त्री बाँस्कोटाको कार्यक्रम बहिस्कार गरिएको नेपाल प्रेस युनियनका अध्यक्ष पोष्टराज अधिकारी कुमारले जानकारी दिए । युनियनको केन्द्रीय कार्यक्रम अनुसार नै  प्रेस युनियनले सञ्चारमन्त्रीको कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए । 

यस अघि युनियन मकवानपुरले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा युनियनका मध्यमाञ्चल संयोजक राममणी दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, युनियनका सचिव केशव समर्पण, महासंघका पदाधिकारी, युनियनका पदाधिकारी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ