arrow

ग्वाडार आक्रमणः पाकिस्तानमा चिनियाँ हस्तक्षेपको आक्रोश 

logo
एजेन्सी,
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
pearl-continental-hotel-gwadar-attack.jpg

काठमाडौं। चीन पाकिस्तानको ग्वाडारमा भएको आक्रमणको बालोचिस्तान लिबेरेशन आर्मी (बीएलए)ले जिम्मेवारी लिएको छ। यो आक्रमणको ग्वाडार बन्दरगाह नजिकैको होटलमा भएको हो। यो बन्दरगाह चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपेक)को एक महत्वपूर्ण भाग हो।

केही दिनअघि मात्रै माक्रान राजमार्गमा एक बसमा अन्य समूहले आक्रमणमा गरेको थियो। यो आक्रमणमा परी ११ जनसेनाका कर्मचारीको ज्यान गएको थियो। यो आक्रमणमा पनि जलसेनाका केही सैनिकको ज्यान गएको र पाकिस्तानी आर्मीका केही सदस्य घाइते भएका छन्। विभिन्न कारणले पछिल्लो समय पाकिस्तानमा चरमपन्थी समुहमा भर्ती हुने क्रम बढ्दो क्रममा छ।

विश्वभर यी समूहलाई विभाजनकारी समुहको संज्ञा दिइँदै आएको छ। यो शब्दको प्रयोग चीनले पनि युग्युर मुस्लिमका लागि गर्दै आएको छ। पछिल्लो समय भइरहेको आक्रमण भने चीनलाई लक्षित देखिन्छ। चीनले पाकिस्तानलाई एक उपनिवेश बनाउन खोजेको बुझाइ धेरै मानिसमा छ। यसअघि सन् २०१८ को नोभेम्बरमा चिनियाँ अधिकारीमाथिको आक्रमणको जिम्मा पनि बीएलएले लिएको थियो। वास्तवमा पाकिस्तानमा चीनको उपस्थिति बढ्दै गएसँगै आक्रमण पनि बढ्दो क्रममा रहेको पाइन्छ। 

यो समूहले सामाजिक सञ्जाल ट्वीटरमार्फत् चीनको प्रभाव पाकिस्तानमा जारी रहनु आगामी दिनमा थप घातक हुनसक्ने अस्पष्ट सन्देश दिइसकेको छ। यसले पाकिस्तानमा रहेको चिनियाँ व्यावसायी निराश बन्न पुगेका छन्। त्यसका साथै पाकिस्तानमा अन्य चीनविरोधी संगठनहरु पनि खुलेका छन्। 

सन् २०१५ को सेप्टेम्बरमका मारिएको भनिएका बल्लह नाजारले त्यसको ठीक दुई महीनापछि एक भिडियो सार्वजनिक गरेका थिए। उनले अर्को संगठन खोल्दै चीनले पकिस्तान छाड्नुपर्ने माग राखेका थिए। त्यसका साथै पाकिस्तानमा अन्य साना संगठनहरु पनि छन्, जसले पाकिस्तानबाट चीन फिर्ता जानुपर्ने माग राखेका छन्। यसअघि बसमा भएको आक्रमणमा भने पाकिस्तानका दुई समुहको संलग्नता रहेको देखिएको थियो। धेरै संगठनहरु एकआपसमा झगडाका साथै सहकार्य पनि गर्ने गर्छन्। 

यसैबीच चीनले भने पाकिस्तानको ग्वाडारमा रहेको होटलमा भएको आक्रमणमा चिनियाँ अधिकारीलाई सुरक्षित राख्न सकेको भन्दै पाकिस्तानी अधिकारीको प्रशंसा पनि गरेको छ। चीनले पाकिस्तानसँग गरेको सम्झौताअनुसारको सीपेकको योजना निकै महत्वपूर्ण योजना हो। बीआरआई अन्तर्गतको यो योजनाको लागि अहिले काम भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ