arrow

नेकपाको प्रस्तावमा कांग्रेसको समर्थन, राजधानीको विषयले प्रवेश पाएपछि प्रदेशसभाको अवरोध हट्यो    

logo
प्रकाशित २०७६ जेठ १ बुधबार

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएको छ । प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्को अवरोध हटेको जनाएको छ ।     
     
 काङ्ग्रेसले प्रदेशसभाले आफ्नो स्थापनाको डेढ वर्ष पूरा गरिसक्दा पनि स्थायी राजधानी नटुङ्ग्याएको भन्दै प्रदेशसभाको बर्खे अधिवेशनको पहिलो दिन नै संसद् अवरुद्ध गरेको थियो । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबीच राजधानीको विषयलाई चाँडै टुङ्गो लगाउने सम्बन्धमा सहमति भएपछि संसद्मा रहेको अवरोध हटाउँदै प्रदेश ३ को स्थायी राजधानीको प्रक्रिया शुरु गरिएको हो ।     
     
 सहमतिपछि मंगलबारदेखि नै स्थायी राजधानीका लागि प्रक्रियासमेत शुरु गरिएको छ । प्रदेशको राजधानीको विषय प्रदेशसभामा पेश भएको छ । प्रदेशसभा बैठकमा यससम्बन्धी प्रस्ताव पेश भएको प्रदेशसभाले जनाएको छ ।     
     
 नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । प्रस्तावलाई नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक राधा घलेले समर्थन गरिन् । प्रदेशसभाको बैठक बुधबारका लागि पुनःबोलाइएको प्रदशसभा सचिवालयले जनाएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ