arrow

एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्वाङ, के के निर्णय गर्यो कार्यसमिति बैठकले ?

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
pankaj-nemwang.jpg

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ सर्वसम्मत चयन भएका छन् । एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा उनलाई सर्वसम्मत चयन गरेको हो । केन्द्रीय कार्यसमितिको निर्वाचन भएको एक वर्षपछि एन्फाले वरिष्ठ उपाध्यक्ष पाएको छ ।     
     
 एन्फा विधानअनुसार चार उपाध्यक्षमध्ये एक वरिष्ठ तोक्ने प्रावधानअनुसार नेम्वाङ चुनिएका हुन् । वरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित वीरबहादुर खड्काले दाबी पेश गरेका थिए । बहुमतका आधारमा उनलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेको हो । एन्फाले नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेपनि विवादरहित भने हुन सकेन ।     
     
 उनलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने भएपछि अर्का आकांक्षी वीरबहादुर खड्कासहित दुई केन्द्रीय सदस्य पूर्णमान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिस्कार गरेका थिए । 

त्यसैगरी बैठकले यसै वर्षबाट जिल्ला लिग, प्रदेश लिग र एन्फा फ्रेसिडेन्ट लिगको नियमावली अनुमोदन गर्नुका साथै आगामी वर्षबाट राष्ट्रिय लिगसमेत सञ्चालन गर्ने निर्णय गरेको छ ।     


     
 बैठकले भौतिक पूर्वाधार मर्मतसम्भार तथा निर्माण गर्न सङ्घका सदस्य, ४५ जिल्ला फुटबल सङ्घ तथा ए, बी र सी डिभिजन क्लबमा सम्भाव्यता अध्ययन गरी आगामी वर्ष कम्तिमा १० स्थानमा एकै पटक भौतिक पूर्वाधार मैदान निर्माण गर्ने निर्णय गरेको छ । 

यस्तै बैठकले प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्न महासचिवको सहयोगीका रुपमा सातै प्रदेशमा संयोजक तोकेको छ ।     
     
 प्रदेश नं १ मा सहायक महासचिव वसन्त अर्याल, प्रदेश नं २ मा सहायक महासचिव मोहम्मद समिउल्लाह, प्रदेश नं ३ मा मोहनकुमार बस्नेत, गण्डकी प्रदेशमा सहायक महासविच विश्व पौडेल, प्रदेश नं ५ मा सहायक महासचिव प्रकाश पंगेनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रकाश विष्ट तथा केन्द्रीयस्तरको कार्यक्रमका लागि अरुणमान जोशीलाई जिम्मा दिइएको छ । 

बैठकले विसं २०७६ देखि सञ्चालनमा हुने एन्फा एकेडेमी बुटवल र धरानमा युवा खेलाडी समान २५–२५ जनालाई छनोट गरी प्रशिक्षण प्रदान गर्ने निर्णय गरेको छ ।    

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ