arrow

कुलमानले ग्रामिण भेकमा बिजुली नियमित गर्न सकेनन्, गुल्मीमा बिजुली पुर्याउन रुपन्देही र पाल्पामा हारगुहार

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७६ जेठ १ बुधबार
nea-gulmi.png

गुल्मी । पछिल्लो समय गुल्मीमा दैनिकीजसो विद्युतमा अबरोध आइरहेको छ । यस्तो समस्या धेरै पटक भएको हुनाले नागरिकहरुलाई धेरै समस्या समेत भएको छ । केही समयअघि विद्युत धेरै अबरोध भएको भन्दै उद्योग बाणिज्य संघ गुल्मी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले ध्यानाकर्षणसमेत गराएका थिए । 

यसरी विद्युत दैनिकी अबरोध हुँदा विद्यार्थीलाई अध्ययनको लागि धेरै समस्या समेत परेको छ । तर नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र गुल्मीले भने पहिलेदेखि नै अर्कै तर्क प्रस्तुत गर्दै आएको छ । बुटवलको जैकुटी, चौडाहा, पाल्पा हुँदै सदरमुकाम तम्घास आउने विद्युत अनियमित भएको हो । 

कार्यालयले बिद्युत अनियमित हुने प्रमुख कारण हावाहुरी, चट्याङ्ग अनि लाइनहरुमा रुखहरुले छुने लगायतका समस्याका कारण बिद्युत नियमित हुन नसकेको बताएको छ । 

वितरण केन्द्र गुल्मीले धरै टाढाबाट विद्युत आउने हुदाँ बुटवल र पाल्पामा केहि समस्या भएपनि विद्युत अवरोध हुने गरेको सुचना अधिकारी इन्जीनियर मेख राज जोशीले बताए । 

विद्युत नियमित हुनको लागि लामो समय लाग्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जनाएको छ । लामो दुरीबाट विद्युत आउँदा पनि बढी समस्या पर्ने गरेको छ । बुटवल र पाल्पामा समस्या आए गुल्मीमा विद्युत अबरोध भईहाल्छ । 

सु्चना अधिकारी इन्जिनियर मेखराज जोशीले गुल्मी जिल्लामा लाइन गयो भनेर केन्द्रसम्म सुचना पुर्याउन पनि १० मिनेट लाग्ने जानकारी दिंदै गुल्मीमा लाइन गए पाल्पा खबर, पाल्पाले वुटवलको चौडाहा र पछि चौडाहाले पनि फेरि जैकुटी खबर गर्नुपर्दछ । 

त्यसपछि मात्रै केन्द्रमा सुचना थाहा पाउने जोशीले बताए । ‘जिल्लामा बिद्युत अवरुद्ध भएको सुुुचना केन्द्रमा पु¥याउन तीन ठाउँ सम्पर्क गर्नुपर्छ,’ उनले भने, ‘सुचनाका लागि १० मिनेट कुर्नुपर्छ ।’ गुल्मीको लाइन नै अत्यन्तै लामो दुरीमा वितरण भएकाले समस्या बल्झिरहने कार्यालयले जनाएको छ । 

गुल्मी जिल्लामा पछिल्लो चैत महिनासम्म कुल ४६ हजार सात सय ४८ उपभोक्ता रहेको जोशीले जानकारी दिए । बैशाख महिनामा मात्र एक हजार भन्दा बढी उपभोक्ता थपिएको बताउँछन् । उनले एक ठाउँमा हावाहुरी लागे पनि गुल्मीमा कुल ४६ हजार सात सय ४८ उपभोक्ता मारमा पर्ने बताए । 

गुल्मीमा सामुदायिक र वितरण केन्द्र गुल्मीका आफ्नै गरी दुई प्रकारका ग्राहक रहेका छन् । जसमा सामुदायिकमध्ये ३० हजार र वितरण केन्द्र तर्फका २६ हजार सात सय ४८ रहेका छन् । एक महिनामा ११ लाख युनिट खपत औसतमा गुल्मी वितरण केन्द्रबाट एक महिनामा ११ लाख युनिट बराबर विद्युत खपत हुने गरेको छ । 

सवै किसिमका सेवाग्राहीबाट मासिक ५५ लाख भन्दा बढी महसुल उठ्ने गरेको सुचना अधिकारी जोशीले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणको बागडोर सम्हालेका कुलमान घिसिङले राजधानी लगायतका सहरी भेकमा चर्चा कमाउने गरे पनि ग्रामिण भेकमा भने घिसिङले वास्ता नगरेको आरोप लाग्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ