arrow

ममताले सोधिन् –अमित शाह भगवान हुन् ? 

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
amit-mamata.jpg

काठमाडौं । भारतस्थित पश्चिम बंगालकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेस प्रमुख ममता बेनर्जीले भारतीय जनता पार्टी भाजपामाथि हमला बोलेकी छिन् । 

उनले भाजपा अध्यक्ष अमित शाह भगवान् हुन् र उनी ? भन्दै प्रश्न गरेकी छिन् । उनकाविरुद्धमा प्रदर्शन हुनेतर्फ संकेत गर्दै उनले शाह भगवान भएमात्र उनको विरुद्धमा प्रदर्शन नगर्ने बताएकी हुन् । 

मंगलबार कोलाकातामा शाहले गरेको सडक प्रदर्शनका क्रममा झडप भएको थियो । हिंसा भड्किएपछि उनको कार्यक्रम बीचमै रोकिएको थियो । 

अमित शाह सवार गाडीमा डंडा फ्याँकिएको थियो । रोड शोमा केहीले ढुंगा फ्याँके भने केही सवारीमा आगजनी गरे । 

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेपछि अमित शाहले रोड शो स्थगित गरेका थिए । 

ममताले भाजपालाई असंस्कारीको संज्ञा दिएकी छिन् । उनले भाजपा असंस्कारी भएकैले विद्यासगरको मुर्ति तोडेको आरोप लगाइन् । 

मुख्यमन्त्री ममताले बुधबार चुनाव आयोगसंग भेटघाट गर्दैछिन् । भाजपाले कोलकातामा थुप्रै पैसा खर्च गरेर तडकभडक देखाएपछि ममताले चुनाव आयोगलाई भेटेर यसबारे जानकारी गराउने छिन् । 

भाजपाले पनि ममतालाई पश्चिम बंगालमा चुनाव प्रचार गर्न रोक लगाउन माग गरेको छ । राज्यमा संवैधानिक तन्त्र खतम भएको भन्दै भाजपाले ममतालाई प्रचारमा रोक लगाउन माग गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ