arrow

कांग्रेस संसदीय दलको बैठकमा मिडिया काउन्सिलबारे निचोड आउन सक्ने 

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
congress9.jpg

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा जारी रहेको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदको गतिविधिका बारेमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बुधबार बिहान बसिरहेको हो । बैठकले सरकारका कामका पछिल्ला गतिविधिबारे छलफल गरिरहेको छ । 

सरकारले संसदमा पेस गरेको प्रि–बजेटपछिको रणनीतिका साथै संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका विषयमा पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ने सम्भावना रहेको छ । 

सरकारले प्रेसमाथि नियन्त्रण गर्ने किसिमले ल्याउन लागेको विधेयकप्रति काँग्रेसले गम्भीर आपत्ति जनाउँदै आएको छ । सरकारको रवैयाप्रति रिसाएको कांग्रेसले यसबारे ठोस निर्णय निकाल्ने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ