arrow

खेतको कुलोमा सवनामको शव फेला, युवक नियन्त्रणमा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ जेठ १ बुधबार
UBATI.jpg

बुटवल । रुपन्देही जिल्ला गैडहवा गाउँपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । गाउँपालिका वडा न.१ साँडिको भुझौली भन्ने गाउँमा बुधबार विहान ६ बजे विहेको तयारीमा रहेकी १९ वर्षीय सवनाम निशा नाम गरेकी किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।

मृतक निशा खेतको सुख्खा कुलोमा वेवारिसे अवस्थामा फेला परेकी हुन् । सोमबार राति खाना खाए पछि निशा घरबाट बाहिर गएकी थिइन्  । मृतक निशालाई पोष्टमार्टका लागाी  त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमान्डौ पठाइएको छ । भने घटना स्थलबाट एक युवाकलाई प्रहरीले आश|का रुपमा नियन्त्रणमा लिएको छ ।स्थानीयहरुले विहान करिब ७ वजे प्रहरीलाई खवर गरे लगत्तै प्रहरी घटना स्थल तर्फ पुगेको थियो ।

रुपन्देही प्रहरीका प्रहरी उपरिक्षक ह्दय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जानकारी दिए ।उनले घटनाको अनुसन्धान अघि बढिसकेको बताउदैँ पोष्टमार्ट पछि घटनाको कारण पत्ता लाग्ने बताए ।

मृतक निशाका वुवा महोम्मद हिसाहारले सोमबार राति खाना खाएपछि सुत्न गएकी छोरी राति आमाले हेर्दा विस्तारामा नभएपछि खोजिकार्यमा लागेको र मंगलबार पनि दिनभर खोजिकार्यमा लाग्दा पनि नभेटिई मृत अवस्थामा फेला परेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ