arrow

ओपोले ए७ र एथ्रीएसको मुल्य घटायो

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
oppo.JPG

जेठ । ओपोले आफ्ना दूई लोकप्रिय मोडलमा मूल्य घटाएको छ । ओपोले ए७ र एथ्रीएस भ्यारियण्टको मुल्य घटाएको हो । नेपालमा रमजानको अवसर पारी यी फोनहरु क्रमशको मुल्य २७ हजार ९ सय ९० र  १५ हजार ९ सय ९० मा उपलब्ध गराएको छ ।  
 
अगस्ट २०१८मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई सक्रिय फ्रण्ट क्यामेरा तथा फुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण हो ।

यो फोन विशेषगरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको हो । त्यसैगरी, ए७ भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो ।

 ए–सिरिज अन्तर्गत सार्वजनिक यी दूबै फोन नेपालमा सर्वाधिक विक्रि हुन सफल फोन मध्यका हुन् । मितब्ययी मूल्यमै फोनमा उपलब्ध गरिएका मोबाइल फोटोग्राफी अन्तर्गतका नवप्रर्बतन तथा उच्च अत्याधुनिक प्रविधिका लागि यिनले उपभोक्ता माझ निकै लोकप्रियता पायो । शक्तिशाली ब्याट्री सहित सार्वजनिक गरिएका दुबै फोन यूवा पुस्ता र तिनमा पनि विशेष गरी कलेज जाने पुस्ता माझ लोकप्रिय रहेका छन् ।

४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो ए७मा उपभोक्ताको प्राकृतिक तथा गुणस्तरिय तस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रण्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क्यामेराको ब्यवास्था गरिएको छ ।

 त्यसैगरी, ओपो एथ्रीएसमा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपी एआई सक्रिय गरिएको फ्रण्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्यूटी प्रविधि पनि उपलब्ध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ