arrow

कानून मन्त्रीलाई एमएमएस

logo
तेजन खड्का,
प्रकाशित २०७६ जेठ १ बुधबार
Aandolan_2.jpg

मोरङ । पूर्वी उत्तरी मोरङमा कार्यरत पत्रकारहरुले नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेक संशोधनको पहल गर्न कानून मन्त्री भानुभक्त ढकाललाई एसएमएस म्यासेज पठाएका छन् ।

समाचार लेख्ने पत्रकारलाई २५ हजारदेखि १० लाखसम्म र विज्ञापनमा ५ लाख तथा ५ बर्षसम्म कैद सजयसम्म जरिवाना हुने मिडिया काउन्सिललाई अधिकार सहितको विधेक सदनमा पेश भएपछि देशभरका पत्रकारहरु आन्दोलनमा रहेको छ । आज (बुधबार) नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा देशभरका पत्रकारहरुले कालो पट्टी लगाएर काम गरिरहेका छन् ।

यसै अवसरमा पूर्वी मोरङका पत्रकारहरुले महासंघको पथरी सम्पर्क कार्यालयमा भेला भएर अन्तरक्रियाको आयोजना गर्दै मोरङ—३ का संघीय सांसद तथा कानून मन्त्री भानुभक्त ढकाललाई एसएमएस गरेको हो । ढकालले निर्वाचन जितेको मोरङ ३ नम्बर क्षेत्रमा कार्यरत पत्रकारहरुले ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोकनको लागि पहल गर्न कानून मन्त्री भानुभक्त ढकाललाई अनुरोध गर्दछौ ।’ भन्ने एसएमएस गरेका हुन् ।

 माहासंघ मोरङको सहसचिव शन्तोष राईको सभापतित्वमा भएको कार्यक्रममा महासंघको केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, प्रेस सेन्टर नेपालको १ नम्बर प्रदेस समितिको कोषाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी नेपाल मोरङको उपाध्यक्ष केदार चौहान, प्रेस युनियन मोरङको उपाध्यक्ष हरी कोइराला लगायतले बोलेका थिए ।  मिडिया विधेक पास भएमा कम्तिमा १० लाख तयार पारेर मात्र समाचार लेख्न बस्नुपर्ने र त्यो सर्वसाधरणको लागि सम्भव नहुने बताए । यो विधेक लागू भएमा ग्रामिन भेगका पत्रकारहरुलाई झनै गाह्रो हुने वक्ताहरुले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ