arrow

अनलाइन पत्रकार संघले सूचना विभागमा बुझायो ज्ञापनपत्र

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
siva-satyal.jpg

काठमाडौं । अनलाइन निर्देशिका २०७३ को आडमा अनलाइनहरुको दर्ता खारेज गर्ने असंवैधानिक कदमका विरुद्ध अनलाइन पत्रकार संघले सूचना विभागमा ज्ञापनपत्र बुझाएको छ ।

 निर्देशिकामा भएको व्यवस्था देखाएर  दर्ता र नविकरण नगर्ने  अनलाइन सञ्चार माध्यमको सेवा  रोक्ने (दर्ता खारेज गरेर सञ्चालन हुन नदिने) हर्कत तत्काल बन्द गर्न माग गर्दै सुचना विभागका महानिर्देशक कृष्ण मुरारी न्यौपानेलाई संघले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै अनलाइन पत्रकार संघका अध्यक्ष शिवप्रसाद सत्यालले दर्ता र नविकरणका नाममा  पूर्ण प्रेस स्वतन्त्रताको अनुभुत हुन नदिने कार्य भएको  बताउदै यस्तो कार्य तत्काल रोकिनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले निर्देशिकाको निर्माणकै क्रममा महासंघ लगायतको विरोध रहेकाले निर्देशिका नै खारेज हुनु पर्ने बताए । नेपाल पत्रकार महासंघका सदस्य नकुल अर्यालले संविधान विरोधी निर्देशिकाको आडमा संचारमाध्यमको दर्ता खारेजी गर्ने कार्य स्वीकार्य नभएको बताए ।

ज्ञापन पत्र बुझदै महानिर्देशक न्यौपानेले दर्ता र नविकरणमा देखिएको समस्य समाधान गर्न सकेको पहल गर्ने आश्वासन दिए ।  कार्यक्रममा अनलाइन पत्रकार संघका कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, इकोनोमिक सोसाइटीका अध्यक्ष रामकृष्ण पौडेल लगायतको सभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ